कीवर्डहरू -

एप्पल ईभेन्टमा सार्वजनिक भएका आईफोन १३ देखि स्मार्टवाच ७, केके छन् नयाँ विशेषता ?

एप्पल ईभेन्टमा सार्वजनिक भएका आईफोन १३ देखि स्मार्टवाच ७, केके छन् नयाँ विशेषता ?

एप्पलले मंगलबार साँझ एप्पल ईभेन्ट आयोजना गरेको थियो । एप्पलले वार्षिक रुपमा तीन देखि चार ओटा कार्यक्रमहरु आयोजना गर्ने गर्दछ र सेप्टेम्बर महिना आईफोन सार्वजनिक हुनका लागि प्रख्यात रहेको छ ।

एप्पलले सन् २०२१ मा दुई ओटा कार्यक्रम गरिसकेको छ । पहिलो कार्यक्रम अप्रिलमा भएको थियो जसमा एप्पलले नयाँ आईप्याड अपग्रेड, रङ्गीबिरङ्गी आईम्याक, एयरट्याग ट्रयाकर, आईफोन १२ र अरु केही उपकरणहरु सार्वजनिक गरेको थियो ।

त्यसको दुई महिना पछि वार्षिक डब्लुडब्लुडीसी विकासकर्ता कार्यक्रममा आईओएस १५ को पहिलो लुक, म्याक ओएस, वाच ओएस ८ र आईप्याड ओएस १५ सार्वजनिक गरेको थियो । आज हामी तपाईलाई एप्पलले हिजो आयोजना गरेको तेस्रो अर्थात ‘क्यालिफोर्निया स्ट्रीमिङ’ मा के के सार्वजनिक भए भनेर जानकारी दिदैछौं ।

आईफोन १३

\"\"

आईफोन १३ मा ठूलो ब्याट्री रहेको छ । फेस आईडीका लागि रहेको क्यामेरा नच भने पहिलेको भन्दा २० प्रतिशतले सानो रहेको पाइएको छ । पछाडिको क्यामेरा मोड्युल पनि रिडिजाइन गरिएको छ ।

आईफोन १३ ले आईफोन १३ मिनी पनि ल्याएको छ र दुवै फोनमा २८ प्रतिशत उज्यालो स्क्रीन रहेको छ । आईफोन १३ मिनीका प्रयोगकर्ताले आईफोन १३ भन्दा १.५ घण्टा बढि प्रयोग गर्न पाउनेछन् ।

आईफोन १३ भने आईफोन १२ भन्दा २.५ घण्टा बढि चल्नेछ । आईफोन १३ मा ६.१ इन्चको स्क्रीन रहेको छ र आईफोन १३ मिनीमा ५.४ इन्चको स्क्रीन रहेको छ  ।

आईफोन १३ मा एप्पलले पहिलो चोटि डुअल ईसिम पनि सपोर्ट गर्ने भएको छ । यो भनेको तपाईले भौतिक सिम प्रयोग नगरीकनै मल्टि लाइन सपोर्ट प्रयोग गर्न पाउनुहुनेछ ।

सिमकार्ड प्रयोग गर्न चाहनेहरुका लागि न्यानो सिम कार्ड सपोर्ट भने उपलब्धनै रहेको छ । डुअल ईसिमसँगै न्यानो सिम कार्ड प्रयोग गर्न पाइन्छ की पाईदैन् भन्ने बारे एप्पलले केही बताएको छैन् ।

डिभाइसमा कम्पनीको ए १५ बायोनिक चिप प्रयोग गरिएको छ । यो ५ न्यानो मिटरको चिप हो र अरु प्रतिस्पर्धी भन्दा ५० प्रतिशत छिटो काम गर्ने कम्पनीको दावी रहेको छ ।

चिपमा दुईटा नयाँ हाई परफोरमेन्स कोर, चार ओटा एफीसियन्सी कोर, छिटो चल्ने फोर कोर ग्राफिक प्रोसेसर र छिटो चल्ने न्यूट्रल इन्जिन रहेको छ ।

एपपलमा नयाँ पाईड क्यामेरा सेन्सर र लेन्स रहेका छन् । यो डुअल क्यामेरा प्रणालीमा प्रयोग गरिएको सबै भन्दा ठूलो क्यामेरा सेन्सर रहेको एप्पलले बताएको छ । यसमा पहिलेको फोनभन्दा बढि पिक्सेल रहेको छ ।

आईफोन १३ मा सेन्सर सिफ्ट अप्टिकल ईमेज स्टाबिलाईजेसन प्रणाली पनि रहेको छ जुन गत साल आईफोन १२ म्याक्सलाई दिईएको थियो ।  एप्पलले आईफोन १३ को ट्रु डेफ्थ क्यामेरालाई पनि रिडिजाइन गरेर सानो बनाएको छ ।

एप्पलले भिडियो पक्षलाई विशेष ध्यान दिदै सिनेम्याटिक मोड पनि ल्याएको छ । यसले भिडियो खिच्दा अझै स्थीरता प्रदान गर्ने गर्दछ । दुवै फोन १२८ जिबी स्टोरेजका साथ उपलब्ध हुनेछन् ।

यो कालो, सिल्भर, रातो, निलो र पिकं रङ्गमा उपलब्ध रहेको छ ।  आईफोन १३ को मूल्य ७९९ डलर तोकिएको छ भने आईफोन १३ मिनीको मूल्य ६९९ डलर तोकिएको छ । यो सेप्टेम्बर २४ देखि विक्रीका लागि उपलब्ध हुनेछ ।

आईप्याड मिनी

\"\"

एप्पलको आईप्याड मिनीले अपडेट पाएको छ । अब यसमा आईप्याड एयर को सबै राम्रो फिचरहरु राखिएको छ । त्यसैले आईप्याड मिनीको डिजाइनलाई अपडेट गरिएको छ । त्यस्तै यसमा यूएसबी सि कनेक्टीभीटी राखिएको छ ।

डिस्प्ले पनि अझै उज्यालो र रंगीन बनाईएको छ । यसको मूल्य ४९९ डलर राखिएको छ र यो सेप्टेम्बर २४ देखि विक्री गरिनेछ ।

आईफोन १३ प्रो सिरिज

\"\"

आईफोन १३ प्रो र प्रो म्याक्समा १२ प्रो र प्रो म्याक्सको तुलनामा छिटो चल्ने स्क्रीन, सानो नच र नयाँ रगंहरु रहेको छ । यसमा १२० हर्जको अडाप्टिभ स्क्रीन पनि रहेको छ ।

एप्पलले १००० निट्सको ब्राईटनेस भएको नयाँ सुपर रेटिना एक्सडीआर डिस्पले पनि ल्याएको छ । यो सबैभन्दा बढि ब्राईटनेस भएको आईफोन हो र पहिलेको तुलनामा २५ प्रतिशतले ब्राईटनेस बढेको छ ।

पहिलो चोटि कम्पनीको आईफोनमा प्रो मोसन उपलब्ध रहेको छ । रिफ्रेस दर १२० हर्जको रहेको छ । तपाईले गेम खेल वा केही स्क्रोल गर्दा मात्रै रिफ्रेस दर १२० हर्जको हुनेछ नभए ईमेजमात्रै हेरिरहँदा रिफ्रेस दर १० हर्जको मात्रै हुनेछ । आईफोन १३ र आईफोन १३ मिनीझैँ यस डिभाइसमा पनि कम्पनीको ए १५ बायोनिक चिप प्रयोग गरिएको छ ।

यो ५ न्यानो मिटरको चिप हो र अरु प्रतिस्पर्धी भन्दा ५० प्रतिशत छिटो काम गर्ने कम्पनीको दावी रहेको छ । चिपमा दुईटा नयाँ हाई परफोरमेन्स कोर, चार ओटा एफीसियन्सी कोर, छिटो चल्ने फोर कोर ग्राफिक प्रोसेसर र छिटो चल्ने न्यूट्रल इन्जिन रहेको छ ।

एप्पलले भिडियो पक्षलाई विशेष ध्यान दिदै सिनेम्याटिक मोड पनि ल्याएको छ । यसले भिडियो खिच्दा अझै स्थीरता प्रदान गर्ने गर्दछ ।

यसमा ससानो कुरालाई पनि फोकस गर्नका निम्ति मेसिन लर्निङको प्रयोग गरिएको छ । प्रो मोडेलमा पाँच ओटा कोर भएको जिपियू प्रयोग गरिएको छ । प्रोको क्यामेरा प्रणाली पनि सुधारिएको छ ।

यसमा ७७ एमएमको नयाँ टेलिफोटो क्यामेरा रहेको छ जसले तीन गुणा सम्म अप्टिकल जूम प्रदान गर्ने गर्दछ । त्यस्तै अल्ट्रावाईड सेटअपमा पनि अटोफोकस रहेको छ ।

ए १५ बायोनिक चिपको सुधारिएको ईमेज सिग्नल प्रोसेसिङले गर्दा म्याक्रो फोटोग्राफीसँगै ६ गुणा सम्म अप्टिकल जूम रहेको छ । यो पानीका लागि आईपी ६८ रेट गरिएको छ ।

आईफोन १३ प्रो म्याक्स गत सालको मोडेल भन्दा २.५ घण्टा बढि चल्ने गर्दछ जसले गर्दा यो सबैभन्दा बढि चार्ज धान्ने डिभाईसको रुपमा चिनिन्छ । आईफोन १३ प्रो पनि गत सालको मोडेल भन्दा १.५ घण्टा बढि चल्ने गर्दछ ।

आईफोन १३ प्रोको ६.१ इन्चको स्क्रीन हुने गर्दछ र प्रो म्याक्सको ६.७ इन्चको स्क्रीनहुने गर्दछ । यी मोडेलहरुको मू्ल्य ९९९ डलरबाट सुरु हुने गर्दछन् । यो सेप्टेम्बर २४ देखि विक्रिका लागि उपलब्ध हुनेछ ।

आईप्याड

\"\"

आईप्याडमा पनि केही अपग्रेड ल्याईएको छ । सबैभन्दा महत्वपूर्ण अपडेट भनेको अगाडि फर्किने अल्ट्रावाईड लेन्स भएको १२ मेगापिक्सेलको क्यामेमेरा रहेको छ ।

त्यस्तै आईप्याड प्रोमा सेन्टर स्टेज फिचर रहेको छ जसले क्यामेरालाई कुनै पनि वस्तु सजिलै क्रप गर्न दिन्छ । यसको मूल्य ३२९ डलर तोकिएको छ र यो पनि सेप्टेम्बर २४ देखि विक्री गरिनेछ ।

एप्पल वाच ७

\"\"

एप्पल वाच ७ मा नयाँ फिचर, पातलो रिडिजाइन गरिएको छ । यसको बनावट भने सन् २०१५ मा जस्तो थियो त्यस्तैनै रहेको छ । एल्युमिनियमको रङ्गमा पनि भिन्नता ल्याइएको छ ।

स्क्रीन अझै नफुटने किसिमकको बनाइएको छ । यो घडी पौडी खेल्दा पनि लगाउन सकिन्छ । ब्याट्री लाइफमा सुधार र ब्लड ग्लुकोज मापन गर्ने सेन्सर हुनेछ ।

यो डब्लुडब्लुडीसी विकासकर्ता कार्यक्रममा सार्वजनिक भएको वाच ओएस ८ सँग आउनेछ । यसमा ३३ प्रतिशतले छिटो चार्ज हुने व्यवस्था रहेको छ ।

एप्पल वाच ७ को मूल्य ३९९ डलर राखिएको छ । घडीले वर्कआउट पनि ट्रयाक गर्न सक्दछ । यो लामो समयसम्मका लागि टिकाउ हुने कम्पनीले बताएको छ ।

अरु अपडेट्स

एप्पलले सेपपटेम्बर २० मा आईओएस १५ सार्वजनिक गर्ने पनि बताएको छ । त्यस्तै एप्पलले आईप्याड ओएस १५ र वाच ओएस ८ पनि त्यही दिन सार्वजनिक गर्नेछ । कम्पनीले फिटनेस प्लस पनि अपडेट गर्ने योजना बनाएको छ ।