कीवर्डहरू -

राइड शेयरिङ एप साहाराको दशैं अफर, बाइक र मोबाइल जित्ने मौका

राइड शेयरिङ एप साहाराको दशैं अफर, बाइक र मोबाइल जित्ने मौका

राइड शेयरिङ सेवा दिँदै आएको साहारा एपले राइडर र सेवाग्राही दुवैलाई लक्षित गरी दशैँ अफर ल्याएको छ । यस अफर अन्तगर्त राइडरले होण्डा साइन बाइक र रेडमी ९ मोबाईल जित्न सक्ने छन् भने ग्राहकले साहाराको वालेटमा ५ हजार जित्न सक्ने छन् ।

कम्पनीका अनुसार असोज १ गतेदेखि २० सम्म चल्ने यस योजनामा हरेक हप्ता टप राइडरले रेडमी ९ र नगद बोनस समेत पाउनेछन् ।

उपहार जित्नका लागि राइडर र ग्राहक दुवैले ४५ वटा राइड पुरा गरेको हुनु पर्ने कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । साहारको बाईक मर्मत सेन्टरमा बाईक मर्मत गर्दा छुट पनि पाइने छ ।

अफरको अन्तिममा एकजना भाग्यशाली विजेताले बम्पर उपहार अन्तर्गत होण्डा साइन बाइक प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

नेपालमा सन् २०१९ देखी राइड शेयरिङ सेवा सुरु गरेको साहारा एपले निकट भविष्यमा फुड तथा अन्य सेवा पनि प्रदान गर्ने सिइओ विशाल जीसीले जानकारी दिए ।