कीवर्डहरू -

साउनमा क्युआर कोडबाट ५ अर्ब ५६ करोड कारोबार, वालेटबाट हुने कारोबार १४ अर्ब बढी

साउनमा क्युआर कोडबाट ५ अर्ब ५६ करोड कारोबार, वालेटबाट हुने कारोबार १४ अर्ब बढी

क्युआर कोडमार्फत हुने कारोबार नयाँ रेकर्ड कायम भएको छ । गएको साउन महिनामा मात्रै क्युआर कोडबाट ५ अर्ब ५६ करोड रूपैयाँ भुक्तानी भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा क्युआर कोडबाट ५ अर्ब ५६ करोड भुक्तानी भएको छ । साउनमा क्युआर कोड स्क्यान गरेर १२ लाख ९३ हजार ३४९ वटा कारोबार भएको छ ।

त्यसैगरी मोबाइल वालेटबाट १४ अर्ब ५ करोड रूपैयाँ कारोबार भएको छ । मोबाइल वालेटबाट एक महिनामा एक करोड ३१ लाख ५५ हजार ५०१ वटा कारोबार भएको छ । मोबाइल वालेट र क्युआर कोडबाट हुने कारोबार यो हालसम्मकै उच्च हो ।