कीवर्डहरू -

वायु प्रदूषण ट्रयाक गर्न उड्ने माईक्रोचिपको निर्माण

वायु प्रदूषण ट्रयाक गर्न उड्ने माईक्रोचिपको निर्माण

अब वायु प्रदूषणलाई ट्रयाक गर्न उड्ने माईक्रोचिपको निर्माण गरिएको छ । यो चिपको आकार बालुवाको सानो टुक्रा जस्तै रहेको छ । भाईसको रिपोर्ट अनुसार यो अहिलेसम्मकै सबैभन्दा सानो उडने डिभाईस हो ।

नर्थ वेस्ट विश्वविद्यालयका अन्वेषकहरुले यो डिभाइस हावामा उडन सक्ने गरी डिजाइन गरेका छन् र यसले विभिन्न रोग र वायु प्रदूषणलाई ट्रयाक गर्न सक्ने बताइएको छ ।

वातावरणमैत्री बनाउनका लागि यसलाई बायोडिग्रेडेबल सामाग्रीहरुले बनाईएको छ । यो हेलिकोप्टर जस्तै विस्तारै घुमेर झर्ने गर्छ र फेरि हावाले गर्दा अझै लामो दूरी उड्न सक्छ । डिभाइस सानो भएता पनि यसको एरो डाईनामिक्स भने बिग्रिदैन् ।

डिभाईसले ईलेक्ट्रोनिक, सेन्सर र ऊर्जाको स्रोत बोक्न सक्छ । सेन्सरले हावाको एसिडिटी, पानीको गुणस्तरीयता र सोलार रेडियेसनको मापन गर्ने गर्दछ ।

स्मार्टफोनसँग जोडनका लागि डिभाईसमा एन्टिना पनि राखिएको छ । वातावरणमा यो डिभाईस प्रतिस्थापन गर्न अझै केही समय लाग्ने जनाइएको छ ।