कीवर्डहरू -

अवैध रुपमा ल्याइएका ६० थान मोबाइल बरामद, २ जना पक्राउ

अवैध रुपमा ल्याइएका ६० थान मोबाइल बरामद, २ जना पक्राउ

अवैध रुपमा चोरी गरी ल्याईएको मोबाइलसहित २ जना पक्राउ परेका छन् । भन्सार छलेर चोरी पैठारी गरी ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महोत्तरी घर भएका हाल शंखमुल बस्ने २१ वर्षिय आकाश कार्की र महोत्तरी घर भएका हाल जडीबुटी बस्ने २१ वर्षिय अमित कुमार महत्तो रहेका छन् ।

चोरी पैठारी गरी ल्याएको आईफोन, सामसङ, लाभा, ओप्पो, ह्वावे र रियलमी, साओमी लगायत कम्पनीका ६० थान मोबाईल फेला पारी आवश्यक कारबाहिको लागि त्रिभुवन अन्तरास्ट्रिय भन्सार कार्यालय गौचरण काठमाण्डौ पठाईएको महाशाखाले जनाएको छ ।

उनीहरूको साथबाट प्रहरीले भिभोका मोबाइल १२ थान, ओप्पोका ११ थान, सामसङका १० थान, रेडमीका ९ थान, आईफोनका ८ थान, रियलमीका ४ थान, साओमीका ३ थान, भिटुको १ थान, ह्वावेको १ थान र टेक्नोको १ थान मोबाइल बरामद गरेको छ ।