मंगलबार, ९ कार्तिक, २०७८
Tuesday, 26 October, 2021

आर्थिक रूपान्तरणका लागि सहकारीलाई डिजिटाइज गर्न आवश्यक छ  

नेपालको सामाजिक आर्थिक परिवर्तन ल्याउनुपर्छ भनेर हामीले अन्तिम पिएसओको रुपमा नेपाल पेमेन्ट सोलुसन ल्याएका हौं । यसमा एनआरएनको लिगेसी पनि छ ।  

हामी नेपालको योङ पीएसओको रुपमा आएपछि हामीलाई केही नयाँ र राम्रो गर्नै पर्ने दबाब आयो । यो स्वभाविकै थियो । त्यो के हुन सक्छ भनेर सोच्दा, जहाँ डिजिटलाइज भएको छैन तर कारोबार भइरहेको छ त्यस ठाउँलाई सम्बोधन गर्नुपर्ने भन्ने लाग्यो ।

डिजिटलाइज नभएको र समस्या भएको ठाउँमा केही गर्ने भनेर केही क्षेत्र छुट्यायौं । त्यसको लागि हामीले तल्लो वर्ग तर ठूलो स्कोप रहेको सहकारी क्षेत्रलाई रोज्यौं । 

सहकारी क्षेत्र धेरै छरिएको रहेछ । एउटा सिविएसरले १५ सय/२ हजार सहकारी एउटा आफ्नो इकोसिस्टम बनाउन खोजेको र अर्को सिबिएसले त्यस्तै गरेको भेटियो । एकले अर्कोलाई स्वीकर नगर्ने, क्लोज माइन्डसेटमा काम भइरहेको अवस्था रहेछ । 

त्यस्तो अवास्थामा हामीले सबैलाई समेटेर जाउँ भनेर कहाँबाट जानेभन्दा नेसनल कोअपरेटिभ बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त संस्थासँग कोअपरेसन हाम्रो सुखद हुन्छ भनेर सुरु गर्यौं । 

त्यहाँबाट उहाँहरुको कोअपरेसन, टेक कम्पनीको कोअपरेसन, सबै इकोसिस्टमलाई पार्टरसिप गराएर एउटा इको सिस्टममा ज्वाइन्ट रुपमा काम गरिरहेका छौं र यो इकोसिस्टममा नभएकालाई पनि स्वागत गरिरहेका छौं । 

हामी एक्लैले केही गर्न सकिदैन, सबै मिलेर गरेमा केही गर्न सकिन्छ भनेर आह्वान पनि गरेका छौं । इनफर्मल इकोनोमी होइन, यसलाई फर्मल इकोनोमी बनाउन सकिन्छ । जहाँ बैंक पुगेको छैन, त्यहाँ सहकारी पुगेको छ । 

जहाँ उद्यम पुगेको छैन, त्यहाँ सहकारी मार्फत उद्यमशिलताको विकास भइरहेको छ । त्यसलाई इमपावर गरौं भनेर सुरु गरेका छौं । मेरो विचारमा नेपालमा पहिलो पटक सहकारीमा फन्ड ट्रान्सफर, सहकारीबाट बैंक, बैंकबाट सहकारी फन्ड टान्सफर प्रोडक्ट लाइभ हुने स्टेजमा छ । 

अहिले सार्वजनिक रुपमा यो काम गर्नुभन्दा पहिला इनहाउस यो काम भइरहेको छ । यसको मुख्य लक्ष्य भनेको कोअपरेटिभ बैंक छन् । सहकारी बैंकको लिडरसिपमा हामीले यो काम गर्दैंछौं । ज्वाइन्ट कोअपरेसनमा यो काम अगाडि बढ्छ । 

अहिले काठमाडौंका केही प्रतिष्ठित सहकारी मार्फत यो काम सुरु हुँदैछ । सुरुमा परीक्षण जस्तो भएपछि हामी आक्रमक रुपमा जान्छौं । 

कसरी सुविधा हुन्छ ? सहकारी अटोमेसनबाट कसरी सुविधा पाउँछन् भन्ने महत्वपूर्ण प्रश्न हो । हामीले अहिले सहकारीलाई बैंक बनाउन खोजिरहेका छौं । तर, बैंकले जस्तै सहकारी डिजिटल पूर्वाधार बनाउन सक्दैन ।

सफ्टवेयर, हार्डवेयर र त्यसलाई चलाउने म्यानपावरको कुरा होला । त्यसकारणले हामी जस्तो फिनटेक कम्पनीले उनीहरुलाई अपग्रेड गरिरहेका छौं । हरेक कोअपरेटिभको डिजिटलानइजेसन हुन्छ ।

आन्तरिक डिजिटलाइजेसन हुन्छ, जसले गर्दा उसका सदस्यहरुले पनि त्यसको प्रत्यक्ष सुविधा पाउँछन् । सहकारीको सदस्यले पनि बैंकको सेवा सुविधा सरह डिजिटल सुविधाहरु पाउँनेछन् । 

एउटा कोअपरेटिभलाई डिजिटाइज गरेपछि त्यसका सबै सदस्यले सुविधा पाउनेछन् । त्यत्तिमात्र होइन, सहकारी सहकारीबीच पनि इन्टरअपरेबलको सुविधा पनि हुनेछ । 

मानौं जुम्लाको एक सहकारीको सदस्य छ । उ काठमाडौं आयो । उसले सहकारीमा रहेको रकम प्रयोग गर्न जुम्ला नै पुग्नुपर्छ, काडमाडौंबाट गर्न सक्ने अवस्था छैन । अथवा काठमाडौंको मान्छे रारा पुग्ला, त्यहाँ पैसा चाहिने भयो तर काठमाडौंमा रहेको सहकारीमा रहेको पैसा प्रयोग गर्न सक्ने अवस्था छैन । 

उसले अब त्यहीबाट पैसा पाउने, भुक्तानी गर्न र पठाउन सक्ने भयो । जो जहाँको सदस्य भए पनि नेपालभरी उसले आफ्नो रकम कारोबार गर्न सक्नेभयो । 

त्यसको लागि ग्राहकसँग कोपलिंक भन्ने हुन्छ । कोपलिंक भन्ने एप छ, त्यो डाउनलोड गरेर पनि गर्न सकिने भयो ।अहिलेसम्म भएको भनेको सहकारी मै पुगेर पैसा बुझाउनु पर्ने, त्यही गएर लिनुपर्ने अवस्था छ । वा सहकारीको व्यक्ति आएर जम्मा गर्नु पर्नैं अवस्था छ । हामीले त्यसलाई डिजिटलाइज गर्न खोजेका हौं । 

सहकारी भनेको निश्चित क्षेत्र र त्यसका मान्छेलाई मात्र कभर गर्छ । व्यवसायिक बैंक जस्तो नेपालभरी सेवा दिन सक्दैनन् । हामीले उनीहरुको निश्चित क्षेत्र भए पनि ग्राहकले लिने सुविधा नेपालभरि लिन सकून भनेर हामी सुरु गर्दै  छौं । 

हरेक मान्छेको निश्चित समय हुन्छ । हामीले हरेक मान्छेलाई प्रोडक्टिभ बनाउन सकियो, समयलाई बचत गर्न सकियो र घण्टौं लागेर गर्ने कामलाई मिनेटमा झार्न सकियो भने त्यो देशको जीडीपीमा सहयोग गर्छ । 

अर्को, पैसा कारोबार गर्दा हरेक संस्था वा व्यक्तिलाई जोखिम हुन्छ । त्यो जोखिम हट्ने भयो । पारदर्शिताका कुरा पनि छन् । 

भ्रष्टचार, कर, सरकारी राजश्व बढाउन यसले सहयोग गर्छ । यस अझ फर्मल इकोनोमीमा ल्याउँछ । हामीले यो क्षेत्रमा खासै ठूलो डिजिटाइज गर्न सकेका थियौं । 

तल्लो वर्षका सहकारी र तिनीहरुका सदस्यले यो प्रविधिलाई कति आत्मसाथ गर्न सक्लान भन्ने कुरा पनि चुनौतिपूर्ण छ । पहिलो कुरा त आजसम्म फिनटेक क्षेत्रमा विभिन्न काम भइरहेका छन् । एक खालको अवयरनेस भइसकेको छ । डिजिटल लिट्रेसी केही हदसम्म भइसकेको छ । 

यद्यपी सहकारी क्षेत्र अझै पनि डिजिटल साक्षरता धेरै छैन । त्यो सत्य कुरा हो । अझै यसमा बढाउनु पर्ने, कन्भिन्स गर्नुपर्ने चुनौतिहरु भने छन् ।

तर, त्यो च्यालेन्जेजलाई दुई तरिकाबाट गर्नुपर्ने हुन्छ। एउटा त जनचेतना बढाउने । अर्को भनेको प्रविधि नै यसरी विकास गरौं ताकि हामीले उहाँहरुलाई धेरै कुरा नसिकाउँदा पनि त्यो प्रविधि चलाउन सकुन । यसमा विभिन्न प्रविधि सजिलो तरिकाबाट उपलब्ध गराउन सकिन्छ । 

यो काम सुरु गरको दुई वर्ष भइसकेको छ । सहकारी, बैंकलगायतका पार्टनसँग सम्झौता भएको नै ढेड वर्ष भइसकेको छ । हामीले विकास गरेको प्रविधिको लागि समय लाग्छ । यस लिनुपनि पर्छ । जोखिम लिएर छिटो गर्ने सोँचमा छैनौं । 

कुनै ठूला सहकारीले मोबाइल वालेट प्रयोग गरिरहेका छन्। आफ्नो कार्ड प्रयोग गरिरहेका छन्। कतिले अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरिरहेका छन् । तर, उनीहरु इन्टरअपरेबल दिएनन्, त्यो सहकारीमात्र सुविधा पायो । त्यो शेयर गर्ने, इफिसेन्सी गर्ने, सदस्यलाई अझ सुविधा दिने भएन् ।

(नेपाल पेमेन्ट सोलुसनका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लोकराज शर्मासँग आइसिटी समाचारले गरेको कुराकानीमा आधारित) 


 

सम्बन्धित समाचार