कीवर्डहरू -

कामना सेवा विकास बैंकको ‘केएसडीजी’ वालेट सेवा, घरमै बसी खाता खोल्न सकिने

कामना सेवा विकास बैंकको ‘केएसडीजी’ वालेट सेवा, घरमै बसी खाता खोल्न सकिने

कामना सेवा विकास बैंकले छिटो कनेक्टर र मनम इन्फोटेकको सहकार्यमा केएसडीजी (डिजिटल वालेट) सेवा सञ्चालनमा ल्याएको छ । विकास बैंकहरुमा यो सेवा संचालनमा ल्याउने कामना सेवा विकास पहिलो बैंक हो ।

यस सेवाको प्रयोगगरी बैंकमा खाता नभएकाहरुले पनि घरमै बसी झन्झट बिनै केही कागजातहरु अपडेट गरी ‘केएसडीजी’ वालेट खोल्न सक्नेछन् । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेट सेवाको एक कार्यक्रमका बीच शुरु गरेका हुन् ।

डिजिटल वालेट खोल्न एपमा फेररिड गर्न सक्ने आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरिएको पनि बैंकले जनाएको छ।