कीवर्डहरू -

दराजको दशैं अफर, निःशुल्क शपिङसँगै स्कुटर जित्ने मौका

दराजको दशैं अफर, निःशुल्क शपिङसँगै स्कुटर जित्ने मौका

दराजले आफ्नो वार्षिक उत्सवलाई अभियानको रुपमा मनाएको छ । जस अन्तर्गत दराजले दसैँ अफर पनि सार्वजनिक गरेको छ ।

दराजले असोज १० गतेदेखि सुरु गरेको अभियानमा ग्राहकले १० लाखभन्दा बढी उत्पादनहरूमा छुट पाउने कम्पनीले जनाएको छ ।

अभियानको मुख्य आकर्षणहरूमा निःशुल्क सिपिङ, अनलाइन प्रि–पेमेन्टमा २०% (अधिकतम २,५०००)सम्मको छुट, ५ हजारसम्मको मेगा भौचर, ५० हजार मूल्यको उत्पादन १ मा जित्ने मौका र बम्पर उपहारको रूपमा टीभीएस एनटर्क १२५ स्कूटर रहेको छ ।

त्यसैगरी, दराजको नयाँ लाइभ स्ट्रिम सुविधाले ग्राहकहरुलाई अभियानको अवधिमा हरेक दिन भौचर जित्ने मौका पनि प्रदान गर्ने कम्पनीको दाबी छ ।

अभियानको रस आवर, इमेज रिभिउ एन्ड वीन, नयाँ प्रयोगकर्ताको लागि भौचर, खेल क्षेत्रहरु, फलो एन्ड वीन, विक्रेता भौचर र फटाफट डिल रहेका छन् ।

कार्ड प्रि–पेमेन्ट छुटमा डेबिट कार्डको माध्यमबाट २०% (अधिकतम २००० छूट) र क्रेडिट कार्डको माध्यम बाट २०% (अधिकतम २,५०० छुट) सम्म बचत गर्न सकिने दराजले जनाएको छ ।

विशेष गरी नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, बैंक अफ काठमाण्डू र सिटिजन्स बैंकका ग्राहकहरुले पूर्व–भुक्तानीमा छुट प्राप्त गर्न सक्नेछन् ।

यसबाहेक, ग्राहकहरु एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकका क्रेडिट कार्डको माध्यमबाट ० प्रतिशत ब्याजमा सजिलो मासिक किस्ता योजनाको मजा लिन सक्नेछन् । साथै, आइएमई पे वा इसेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरुले १० प्रतिशत (अधिकतम १०००) सम्मको अतिरिक्त छुट पाउन सक्नेछन् ।

दराज दसैँ धमाका​मा लोकप्रिय खेल १ रुपैयाँकोे माध्यमबाट ग्राहकहरुले १ रुपैयाँमा पुरस्कार जित्न सकिनेछ । जसमा २ रात ३ दिन पोखराको राउन्ड ट्रिप, रियलमि सी २१ वाई, मन्त्र मुक्ति अकुस्टिक गितार, यसुदा अल्कलाइन वाटर प्यूरिफायर र श्री बालाजी हिराको झुम्का प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यसै गरी दसैँ धमाकामा सामसुङदेखि​ एप्पल फोनहरुमा विशेष छुटहरु रहेका छन् ।