कीवर्डहरू -

दराजबाट स्मार्टवाच खरिद गर्दा स्मार्टवाच नभएर अर्के वस्तु डेलिभर (भिडियोसहित)

दराजबाट स्मार्टवाच खरिद गर्दा स्मार्टवाच नभएर अर्के वस्तु डेलिभर (भिडियोसहित)

अनलाइन सपिङ कम्पनी दराजबाट स्मार्टवाच किन्दा कवी रमेश सायन ठगीएका छन् । सोमबार साँझ फेसबुकमा एक भिडियो पोष्ट गर्दै सायनले आफु दराजबाट स्मार्टवाच किन्दा ठगीएको बताएका हुन् ।

उनले दराजबाट स्मार्टवाच अर्डर गरेपनि डेलिभरी हुँदा स्मार्टवाच नभएर अर्कै वस्तु डेलिभरी भएको जनाकरी दिएका छन् ।

उनले भिडियोमा भनेका छन्, ‘मैले दराजबाट एउटा स्मार्टवाच मगाएको थिए । म बस्ने बुटवलको होटेलमा स्मार्टवाचको प्याकेट आईपुग्यो । म बिहानै होटेलबाट बाहिर जानुपर्ने थियो । मैले डेलिभरी ब्वाईलाई म बस्ने होटेलमा लगेर दिनुहोस् भने । उहाँले दिनुभयो र होटेल साहुले पैसा दिएर कुरियर रिसिभ गर्नुभएछ ।’

सायन साँझ काम सकेर होटेलमा फर्किए । त्यसपछि उनले प्याकेट खोले । तर प्याकेटमा स्वार्टवाच नभएर अर्के वस्तु थियो ।

पछिल्लो समय दराजले ग्राहकहरू ठगीरहेको घटना बेला बेला आइरहन्छन् । एउटा सामान किन्दा अर्को सामान ल्याइदिएको ग्राहकको गुनासो छ । दराजले छूटका नाममा पनि ग्राहलाई मुर्ख बनाउँदै आएको छ ।

भिडियो पनि हेर्नुहोस्