कीवर्डहरू -

भोलि राति १० बजेदेखि पर्सी बिहानसम्म फोनपेको सेवा बन्द हुने

भोलि राति १० बजेदेखि पर्सी बिहानसम्म फोनपेको सेवा बन्द हुने

फोनपेको सेवा बुधबार राति १० बजेदेखि बिहीबार बिहान ६ बजेसम्म  बन्द हुने भएको छ । फोनपेले मंगलबार एक सूचना प्रकाशित गर्दै असोज १३ गते बेलुका १० बजेदेखि असोज १४ गते बिहान ६ बजेसम्म सेवा अवरूद्ध हुने जानकारी दिएको हो ।

उक्त समयमा सिस्टम अपग्रेड हुने भएकाले फोनपेको हब/क्युआर पेमेन्ट सेवा अवरूद्ध हुने जनाइएको छ । कम्पनीको सूचनामा भनिएको छ, ‘यसबाट सम्पूर्ण ग्राहकहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।’

\"\"