कीवर्डहरू -

निःशुल्क  घर जग्गा किनबेच गर्न मिल्ने प्लेटफर्म दलेदाईको मोबाइल एप सार्वजनिक

निःशुल्क  घर जग्गा किनबेच गर्न मिल्ने प्लेटफर्म दलेदाईको मोबाइल एप सार्वजनिक

निःशुल्क  घर जग्गा किनबेच गर्न मिल्ने प्लेटफर्म दलेदाईको मोबाइल एप सार्वजनिक गरेको छ । दलेदाईले एन्ड्रोइड र आईओएसका लागि मोबाइल एप सार्वजनिक गरेको हो ।

दलेदाई एउटा निःशुल्क अनलाइन प्लेटफर्म हो, जसबाट घर जग्गा किनबेच गर्न र आफ्नो प्रोपटी भाडामा लगाउन सकिन्छ । दलेदाईको मोबाइल एप बाइटकेयर टेक्नोलोजीले निर्माण गरेको हो ।

दलेदाईमा ‘इजि कन्स्ट्रक्सन’ भन्ने फिचर पनि रहेको छ । यसमा घर बनाउन प्रयोग हुने फर्निचर, पेन्ट, हार्डवेयर, मार्बल, एलुमिनियम, इन्टरियर डिजाइन, टायल, ग्रिल, मेटल, कन्स्ट्रक्सन कन्ट्रयाक्टर पसलहरुको बारेमा पनि जानकारी पाइनेछ ।

त्यसैगरी दलेदाईमा बैंकहरुले प्रदान गर्दै आएको घर कर्जाहरुको समेत जानकारी पाइने कम्पनीले जनाएको छ । साथै यसमा इएमआई क्यालकुलेटरको व्यवस्था समेत रहेको छ ।