नेपालको भैरव टेक्नोलोजी विश्वका एमएसएसपी प्रदायक मध्ये १५१ औं स्थानमा परेको छ । त्यस्तै यो एसियामा उत्कृष्ट १५ भित्र पनि पर्न सफल भएको छ । यो कम्पनी सन् २०१८ मा स्थापना भएको थियो । भैरवले विभिन्न राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीलाई साइबर सेक्युरिटी सोलुसन प्रदान गर्दै आएको छ ।
नेपालमै बनेको र विभिन्न प्रावधानहरूबाट प्रयोगमा ल्याइएको भैरवको इन–बिल्ट सफ्टवेयर भैरव सिटिएमएसले आर्टिफिसियल इन्टेलिजेन्स, थे्रट इन्टेलिजेन्स र ह्युमन इन्टेलिजेन्स (साइबर सेक्युरिटी एनलिस्टहरूको समूह) को संयोजनबाट कम्पनीहरूको गोप्य सेक्युरिटी पद्धति र पहिचानलाई ध्यानमा राखी हरेक समय ग्राहक कम्पनीहरूलाई साइबर सुरक्षा दिने कार्य गर्दै आएको जनाइएको छ । फ्रिडम हाउसले हरेक वर्ष ‘फ्रिडम’ नामक वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ ।
जारी भएको नयाँ प्रतिवेदन अनुसार कम्तीमा पनि ४८ देशले टेक कम्पनीको कन्टेन्ट, डेटा र प्रतिस्पर्धामा नियन्त्रण गर्ने गरी कानुनी व्यवस्था गरेको छ । त्यस्तै २४ देशले इन्टरनेट कन्टेन्टलाई कस्तो व्यवहार गर्ने भन्ने विषयमा कानुनी व्यवस्था गरेको जनाइएको छ । जसमा गैरकानुनी कन्टेन्ट हटाउनुपर्ने, कन्टेन्ट पारदर्शी हुनुपर्ने, राजनीतिक तथा सञ्चार माध्यममा सेन्सरशिपजस्ता विषय रहेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नेपालमा पहिलोपटक यस किसिमको साइबर सुरक्षा प्रणाली सुचारु गरेको भैरव कम्पनीले आवासीय र गैरआवासीय कम्पनीहरूसँग साझेदारी गरी विविध सेवाहरू, जस्तै : भिए–पिटी (भल्नरेबिलिटी असेसमेन्ट–पेनिट्रेसन टेस्टिङ), व्यवस्थित जिआरसी सेवा, इन्फर्मेसन सिस्टम अडिट, साइबर सेक्युरिटीको जानकारी र विविध सेवासुविधाहरू प्रभावशाली रूपमा प्रदान गर्ने जनाएको छ ।