कीवर्डहरू -

एनआईसी एशिया भाइबर क्विज बुजमा सहभागी भई जित्न सकिनेछ आकर्षक उपहार

एनआईसी एशिया भाइबर क्विज बुजमा सहभागी भई जित्न सकिनेछ आकर्षक उपहार

एनआईसी एशिया बैंकले आफ्नो भाइबर कम्युनिटीमार्फत ग्राहकहरू माझ उपस्थिति जनाउने उद्देश्यका साथ आफ्नो भाइबर स्टिकर सार्वजनिक गरेको छ । हालसम्म ४८ हजार भन्दा बढी सदस्यहरू जोडिनुभएको यस भाइबर कम्युनिटीमार्फत ग्राहकहरूको उपस्थितिलाई प्रवद्र्धन गर्ने अभिप्रायले बैंकले एनआईसी एशिया भाइबर क्विज बुज समेत सञ्चालनमा ल्याएको छ ।

जसमा दैनिक सहभागी भई भाइबर प्रयोगकर्ताहरूले दैनिक तथा साप्ताहिक रुपमा आकर्षक उपहारहरू जित्न सक्नेछन् । असोज १४ देखि कात्र्तिक १० गतेसम्म सञ्चालन हुने यस एनआईसी एशिया भाइबर क्विज बुजमा दैनिक सहभागी भई त्यहाँ सोधिने सामान्य प्रश्नको सही जवाफ दिने एकजनाले साप्ताहिक रुपमा आकर्षक स्मार्टवाच जित्न सक्नेछन् भने हरेक दिन ४ जनाले ५०० को मोबाइल रिचार्ज समेत जित्न सकिन्छ ।

प्रतियोगिता अन्तर्गत सोधिने प्रश्नमा दिइएका चारवटा विकल्पहरू मध्येबाट सहभागीहरूले सही जवाफ दिनुपर्ने हुन्छ । यसरी सोधिएका प्रश्नहरू मध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदा समेत सहभागीहरू विजेता बन्न सक्ने र जति धेरै सही जवाफ दिन्छ त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बलियो हुने समेत व्यवस्था गरिएको छ । सहभागीहरूबाट सही उत्तर आएको खण्डमा गोलाप्रथाबाट विजेता छनौट गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।