कीवर्डहरू -

नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी यूनियनमा नयाँ नेतृत्व चयन

नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी यूनियनमा नयाँ नेतृत्व चयन

शुक्रबार सम्पन्न नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी यूनियनको अधिबेशनले निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गरेको छ । शिवराज जैशी र विजय कुमार राय यादबको नेतृत्वमा छुट्टा छुट्टै प्यानलनै बनाएर उमेद्वारी परेकोमा विजय कुमार राय यादब शिवराज जैशीलाई एक मतले पराजित गर्दै अध्यक्षमा विजयी भएका छन भने उपाध्यक्ष लगायत अन्य सबै पदाधिकारूहरु शिवराज जैशी प्यानल तर्फका विजयी भएका छन।

अध्यक्ष सहित सात सदस्य रहने कार्यसमितिको उपाध्यक्षमा रचीता आचार्य, सचिवमा ई. कैलाश कार्की, कोषाध्क्षमा धर्मेन्द्र मेहता र सदस्यहरुमा राजेन्द्र विक्रम शाही, सोनु केसी, र विष्णुहरी फुयाल विजयी भएका छन।

नेपाल दूरसञ्चार प्राधिकरणको कर्मचारी विनियमावलीमा सहायक निर्देशक स्तरसम्मका कर्मचारीहरु यूनियनमा आवद्व हुन पाउने व्यबस्था रहेको छ।