कीवर्डहरू -

ग्लोबल बिजनेस आउटलुक अर्वाडमा नेपालबाट ‘डिजिटल नेटवर्क सोल्युसन’ विजेता

ग्लोबल बिजनेस आउटलुक अर्वाडमा नेपालबाट ‘डिजिटल नेटवर्क सोल्युसन’ विजेता

नेपालबाट ग्लोबल बिजनेस आउटलुक अर्वाडमा डिजिटल नेटवर्क सोल्युसनले ‘फास्टेस्ट ग्रोइङ डिजिटल ट्रान्सफोरमेसेन सोल्युसन प्रोभाइडर’ विधामा अवार्ड जित्न सफल भएको छ । डिजिटल नेटवर्क सोल्युसन प्रा.लि. एक आईएसओ ९००१ः२०१५ बाट प्रमाणित आईटी सेवा प्रदायक कम्पनी हो ।

यसले नेपालमा विभिन्न कम्पनीहरुलाई डिजिटलीकरणका लागि सहयोग पु¥याईरहेको छ । यसले विशेष गरी नेटवर्किङ, साईबरसुरक्षा, सर्भर पूर्वाधार, आईटी कन्सल्टिङ, प्रोफेसनल सेवा,  क्लाउडमा आधारित सेवा, भिडियो बैंकिङ, डेटा एनालाईटिक्स, एआई, एप विकास जस्ता विभिन्न सुविधाहरु प्रदान गर्ने गर्दछ ।

ग्लोबल बिजनेस आउटलुक अर्वाडले विश्वभरको विभिन्न व्यवसायहरुलाई पुरस्कृत गर्ने गर्दछ । यो अर्वाड कार्यक्रम वार्षिक रुपमा आयोजना गर्ने गरिएको छ ।