कीवर्डहरू -

 निशान म्यागनाईट केहि महिना भित्रै १ हजार १११ युनिट विक्रि

 निशान म्यागनाईट केहि महिना भित्रै १ हजार १११ युनिट विक्रि

नेपाली बजारमा भित्रिएको केहि महिना भित्रै १ हजार १११ युनिट निसान म्याग्नाइट बिक्री भएको छ । नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले यति धेरै संख्यामा निसान म्याग्नाइट नेपालमा बिक्री भएको जानकारी दिएको छ । यसका साथै अहिले पनि १ हजार ७ सय युनिट भन्दा धेरै बुकिङ भइसकेको छ ।

यससँगै निसान नेपाली बजारमा धेरै प्यासेन्जर कार बिक्री गर्ने तेस्रो ठूलो कम्पनी बन्न सफल भएको समेत पायोनियर मोटोकर्पले दाबी गरेको छ ।निसान म्याग्नाइट नेपाली बजारमा गत वर्षको फेब्रुअरी २२ मा औपचारिक रुपमा लन्च गरिएको थियो । त्यस पश्चात ७४ दिनकै अवधिमा गत साउन महिनासम्म ५७८ युनिट निसान म्याग्नाइट बिक्री भएको जानकारी दिइएको थियो ।