स्मार्टफोन किन्दा केही कुराहरुमा एकदमै ध्यान पु¥याउनुपर्छ जसले गर्दा तपाईले राम्रो स्मार्टफोन पनि किन्न सक्नुहुन्छ र धेरै पैसा पनि खर्च हुदैन् ।
१. आफ्नो बजेट निश्चित गरेर त्यति भित्रमै किन्ने
धेरैजसो स्मार्टफोनमा २००० कै अन्तरालमा थुप्रै फोनहरु राखिएको हुन्छ । यसले गर्दा ग्राहकले अलि बढी खर्च गर्छन भन्ने कम्पनीहरुको मनसाय रहने गर्दछ । धेरै फिचर नथपिकन मूल्य मात्रै बढाइएको हुन सक्छ जसले गर्दा यसतो कुरामा राम्ररी मूल्याकंन गर्नुपर्छ । आफूले १५,००० देखि २०,००० सम्मको फोन किन्ने योजना बनाइएको छ भने जसरी पनि त्यति भित्रमै किन्न कोसिस गर्नुपर्छ ।
२. सबै मिड रेन्ज प्रोसेसर एकै समान च्ल्ने गर्दछ
क्वालकम स्नापड्रागन ७३० जी र ७३२ जी मा खासै फरक हुदैन् । त्यसतै मध्यम वर्गको प्रोसेसर एकै समान चल्ने गर्दछ । क्वालकमको पाँच थरीको मोबाइल प्रोसेसर छन् । त्यसमा स्नापड्रागन ८, ७, ६, ४, २ सिरिज प्रोसेसर रहेका छन् । यसमध्य सबैभन्दा शक्तिशाली भने ८ सिरिजको हुने गर्दछ ।
३. फोनमा तीन वा पाँच ओटा क्यामेराले कुनै फरक पार्दैन्
फोनमा पाँच ओटा क्यामेरा भएता पनि धेरैजसो फोनले एउटा या दुइटा मात्रै सेन्सर प्रयोग गर्ने गर्दछ । कुनै पनि फोनले पाँच ओटै क्यामेराको एकैचोटि प्रयोग गरेर फोटो खिच्ने गर्दैन् । त्यसैले त्यो हेरेर फोन किन्नु कुनै आवश्यक हुदैन् ।
४. समयसँगै ब्याट्रीलाइफ पनि घट्दै जान्छ
जति नै विज्ञापनहरुले राम्रो ब्याट्रीलाइफ दिने भनेता पनि समयसँगै ब्याट्रीलाइफ पनि घट्दै जान्छ । ६ महिना पछि नै घट्ने प्रक्रिया सुरु हुन थाल्छ । त्यसैगरि फोन पनि दिनकै चार्ज गर्नु परि नै हाल्छ । त्यही कारणले केही एमएएच बढ्ने बित्तिकै महङ्गो फोन किन्नुपर्ने हुदैन् ।
५. धेरैजसो १५ महिना पछि फेरि नयाँ फोन किन्ने रहर लाग्छ
नयाँ मोडेल आएकाले होस या नराम्रो परफोमेन्सको कारणले या साधारणतय झ्याऊ लागेर नयाँ किन्न मन लाग्ने हुन सक्छ । त्यही कारणले नयाँ फोन किन्नु पूर्व यो ध्यान दिनुपर्छ ।