कीवर्डहरू -

मोबाइल बैंकिङ एप प्रयोगकर्ताका लागी टिप्स

मोबाइल बैंकिङ एप प्रयोगकर्ताका लागी टिप्स

नेपालमा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुको संख्या यो बर्ष अत्याधिक रुपमा बृददी भएको पाइएको छ । एक बर्षमा मात्रै मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या करिब सवा १२ लाखले बढेको छ । आफुलाई अनुकुल स्थान तथा समयमा कारोबार गर्न सकिने र प्रयोग गर्न सजिलो भएको कारण मोबाइल बैंकिङमा ग्राहकहरुको आकर्षण बढेको हो ।

यसैकारण दैनिक करिब एक लाखको दरले मोबाइल बैंकिङका ग्राहकहरु थपिँदै गएको राष्ट्र बैंकले जनाएको छ । व्यवसाय निरन्तरता र सुनिश्चित गर्न डिजिटल बैंकिङ सेवा महत्वपूर्ण हुनेछ ।

मोबाइल बैंकिङ मार्फत समान किन्न,टिकट बुकिंग तथा होटेल रेस्टुरेन्ट खर्च तिर्न लगायत अन्य धेरै प्रकारका शुल्क भुक्तानी गर्न सकिन्छ । यस्तै मोबाइल बैंकिङको सुबिधाका कारण आफ्नो खाताको ब्यलेन्स चेक गर्न,कारोबार बारे जानकारी लिन,मोबाइल रिचार्ज गर्न तथा रकम ट्रान्सफर गर्न लगायत अन्य धेरै भुक्तानीका लागि बैंक सम्म पुगिरहनु पर्ने बाध्यता छैन् ।

बैंक तथा वित्तीय क्षेत्र आधुनिक बन्दै जाँदा जति त्यसले सहजता ल्याएको छ, त्यति नै जोखिम र चुनौती पनि बढाएको छ । सिस्टम ह्याक, एटिएमबाट फर्ड, मोबाइल तथा इन्टरनेटबाट पैसा स्थानान्तरण तथा चोरीलगायत थुप्रै साइबर हमला भइरहेको छ । यसैले आज हामी मोबाइल बैंकिङ एप प्रयोगकर्ताका लागी केही टिप्स लिएर आएका छौँ ।

१. आफ्नो निजी पीन कसैसँग पनि सेयर नगर्ने

२. बेनीफिसियरी नम्बर,अमाउन्ट, रिसीभर डिटेल जस्ता ट्रान्जयाक्सनको विवरणहरुलाई कन्फर्म गर्ने

३.समयसमयमा  पीन नम्बर पनि परिवर्तित गर्नुपर्छ ।

४. आधिकारिक मोबााइल बैंकिङ एप मात्रै प्रयोग गर्ने, एन्ड्रोइड भएमा गूगल प्ले स्टोरको एप प्रयोग गर्ने र आइओएसका लागि एप्पल स्टोरबाट मात्रै एप डाउनलोड गर्ने,

५. आफ्नो मोबाइल अपरेटिङ सिस्टमलाई केही समयको अन्तरालमा अपडेट गरिरहनुपर्छ ।

६. मोबाइलको सफ्टवेयरलाई पनि अपडेट गरिरहनुपर्छ । एप निर्माताहरुले सुरक्षाका लागि अपडेटहरु ल्याइरहने गर्दछन् र यसको प्रयोग राम्ररी गर्नुपर्छ ।

७. साझा रुपमा जोडिने वाईफाई कनेक्सन र ब्लुटूथलाई डिसेबल गर्नुपर्छ । आफ्नो वाईफाई डब्लुपीएटूले सुरक्षित छ की छैन् भनेर पनि जाँच गर्नुपर्छ ।

८. आफ्नो स्मार्टफोनमा कहिले पनि पीन सेभ गर्नुहुँदैन् । फोन चोरी भएमा या म्यालवेयरले संक्रमित भएमा साइबर आक्रमणको जोखिम अझै बढन सक्छ ।

९. कारोबार गर्नलाई बायोमेट्रिक फिङ्गर प्रिन्ट फिचरको प्रयोग गर्नुपर्छ ।

१०. मोबाइल फोनलाई प्रयोग नगरेको समयमा सधैँभर लक गर्ने बानी गर्नुपर्छ  । यसले प्रयोगकर्ता बाहेकको मान्छेलाई अनधिकृत पहुँच पाउनबाट रोक्छ । यसका लागी प्याटर्न, पासवर्ड, फिङगर प्रिन्ट, फेस रिकगनिसन जस्ता सुरक्षा विकल्पहरुको प्रयोग गर्नुपर्ने हुन्छ ।

१०. आफ्नो अकाउन्टलाई अडिट र मनिटर गर्ने : नियमित रुपमा अकाउन्ट ब्यालेन्स तथा डिपोजिट÷वीतड्रयल स्टेटमेन्टहरुको जाँच गर्नुपर्छ । कुनै पनि शकांस्पद कार्य लागेमा तुरुन्तै आफू नजिकको आफ्नो वित्तिय संस्थामा सम्पर्क गर्नुपर्ने पनि हुन्छ ।