कीवर्डहरू -

कम्प्युटर र इन्टरनेट राम्रोसँग कसरी चलाउने ?

कम्प्युटर र इन्टरनेट राम्रोसँग कसरी चलाउने ?

आफैले आफ्नाे कम्प्युटरलाई स्लो बनाइराख्नुभएको छ कि ?

यो समस्या सबैले भोगेकै हो कि कम्प्युटर निकै ढिलो खुल्छ, ढिलो चल्छ, कुनै प्रोग्राम खुल्न निकै समय लाग्छ, आदि । हामी प्रायः सबैको कम्प्युटरमा Core2Duo, i3, i5 प्रोसेसर र १, २ वा ४ जिबीसम्मको र्याम होला । त्यसमाथि हामी आफैले जानीजानी वा अञ्जानमा आफ्नाे कम्प्युटरलाई ढिलो बनाउने काम गरिरहेका हुन्छौं । यसको प्रमुख कारण हो, स्टार्टअप प्रोग्राम । हामीले आफ्नाे स्टार्टअप प्रोग्रामलाई एडिट वा व्यवस्थित गरेर कम्प्युटरलाई छिटो बनाउन सक्छौं ।

स्टार्टअप प्रोग्राम भनेको त्यो हो, जुन तपाईंको कम्प्युटर खुल्नेबित्तिकै आफै सुरु हुन थाल्छ, जुन कम्प्युटरको task bar को shortcut icon मा देखापर्छ । यसरी देखिएका icon कम्प्युटर स्टार्ट हुनेबित्तिक्कै आफै खुलेका प्रोग्रामहरू हुन् । यसलाई यसरी पनि बुझ्न सकिन्छ कि तपाईंले कुनै प्रोग्रामलाई खोलेर मिनिमाइज गरेको जस्तै ।

यानि कि कम्प्युटरमा एउटै समयमा अञ्जानमै एकभन्दा धेरै प्रोग्राम चलिरहेका छन् । यसमा कुनैकुनै जरुरी पनि हुन्छ । तर, धेरैजसो तपाईंलाई आवश्यक छैन । जति धेरै स्टार्टअप प्रोग्राम हुन्छ, त्यति नै धेरै कम्प्युटर स्लो हुने गर्दछ ।

त्यसैले तपाईंले यी स्टार्टअप प्रोग्रामलाई हेरेर कुनकुन प्रोग्राम आफूलाई जरुरी छ, त्यसलाई मात्र startup राखी अरूलाई disable गरी आफ्नाे कम्प्युटरको गति छिटो बनाउन सक्नुहुन्छ ।

कम्प्युटरको startup प्रोग्राम हेर्नका लागि

  • start बटनमा क्लिक गरेर Run option (win+R) मा क्लिक गर्नुहोस् ।
  • खुलेको window df msconfig टाइप गर्नुहोस् ।
  • OK बटनमा क्लिक गर्नुहोस् ।
  • System Configuration Utility को window खुल्नेछ ।
  • त्यहाँ Start Up Tab मा क्लिक गर्नुहोस् ।
  • त्यहाँ आफ्नाे कम्प्युटरमा चलिराखेका प्रोग्रामहरूको लिस्ट र रजिस्ट्री की–हरू देखिनेछ ।
  • यो लिस्टमा तपाईंले जुन प्रोग्रामलाई startUp बाट हटाउन चाहनुहुन्छ, त्यसलाई uncheck गर्नुपर्ने हुन्छ ।

ध्यान दिनुपर्ने कुरा तपाईंले यी प्रोग्रामहरूलाई uncheck गर्दा Antivirus र अरु जरुरी प्रोग्रामहरूलाई uncheck नगर्नुहोला । केवल यस्ता प्रोग्रामहरू मात्र हटाउनुहोस्, जसका बारेमा तपाईंलाई थाहा छ । जस्तै : Winamp Agent, Google Talk, Adobe reader Launche वा अरु तपाईंले install गर्नुभएका install हरू ।

इन्टरनेट चलाउँदा ध्यान दिनुपर्ने कुरा

हिजोआज इन्टरनेट सर्फिङ गर्न सबैलाई मन पर्छ । यो अहिलेको समयमा अपरिहार्यजस्तै बनिसकेको कुरा नकार्न सकिदैन । एक दिन नेटमा बसिएन भने पूरा संसारस“ग सम्बन्ध छुटेको भान हुन थाल्छ । यसरी हेर्दा इन्टरनेट धेरैका लागि आवश्यकता नै बनिसकेको छ । तर, धेरैजसो मान्छेहरूको यो भनाइ छ कि उनीहरूलाई नेट सेर्फिङको दौरान कुनै न कुनै अवाञ्छित समस्याहरूको सामना गर्नुपरेको छ ।

यसका साथै च्याटिङको बेला चिटिङ गर्ने खालको अनावश्यक म्यासेज पनि आउन थाल्छ । आप्mनो मेल बक्स पनि यस्तै अनावश्यक मेलले भरिएको पाइन्छ । कुनैकुनै मेलले मन लोभ्याउने गरी जरुरी अफरका साथ भाइरस पनि साथै एट्याच गरेर पठाएका हुन्छन् ।

नेटमा सुरक्षित सर्फिङ गर्नका लागि केके कुरामा सावधानी अपनाउन जरुरी छ त ?

त्यसो त नेटमा सर्फिङ गर्नु त्यति गाह्रो छैन । सानासाना कुराहरूमा थोरै पनि सतर्क रहेमा यो काम सहज हुन पुग्दछ ।

इमेल हुन सक्ने खतरा :

यदि नेट सर्फिङको दौरान तपाईंलाई कसैले यस्तै बेकारको चिज मेल गरेको भेट्टाउनुभयो भने उक्त मेल खोल्नु र जबाफ दिनुको साटो त्यस्ता मेल वा application हरूलाई तपाईं block गर्न सक्नुहुन्छ । यो कुरामा निकै ध्यान दिन जरुरी छ कि अञ्जान इमेलको साथ attachment का रूपमा नै सबैभन्दा धेरै भाइरस आउने खतरा रहन्छ । त्यसैले, उक्त मेलको एट्याचमेन्टलाई विनाजाँच कहिल्यै पनि डाउनलोड नगर्नुहोस् ।

कुनैकुनै इमेल तपाईंलाई यति रकम चिठ्ठा पर्यो, यो यो पुरस्कार पर्यो भन्ने लाेभ देखाएर फसाउने खालका पनि आउँछन् र यसमा तपाईंको नाम ठेगानाका साथै अरु व्यक्तिगत जानकारी मागिएका हुन्छन् ।

यस्ता इमेलहरूमा लोभिएर कहिल्यै पनि रिप्लाई दिने नगर्नुहोस् । यसमा मात्र तपाईंहरूलाई ठग्नेबाहेक अरु केही हुँदैन । याद राख्नुहोस्, नकिनेको चिठ्ठा कहिल्यै पर्दैन । इमेल आक्रमणबाट सुरक्षित हुने सजिलो उपाय आफूले नचिनेका इमेलहरूलाई नखोलीकनै डिलिट गर्नु नै हो ।

के के सावधानी अपनाउने ?

नेट सर्फिङ वा च्याटको दौरान अञ्जान मित्रहरूलाई आफ्नाे नाम, ठेगाना, फोननम्बर अनि बैङ्क अकाउन्ट नम्बरसम्बन्धी सही सूचना कहिल्यै पनि नदिनुहोस् । नेटमा बनाएका साथीहरूस“ग सकेसम्म एक्लै भेट नगर्नुहोस् । धेरैजस्तो साइट आजकाल पुरस्कार, सर्वेक्षण वा रजिस्ट्रेसनको बहाना बनाएर तपाईंको निजी सूचना, इमेल एड्रेस र पासवर्ड माग्ने गर्छन् । यसमा सतर्क हुनु जरुरी छ ।

यस्ता धेरैजसो साइटहरू आफै पनि कुनै न कुनै प्रोडक्टहरू बेच्ने कोशिस गर्छन् र इमेल डाटा सङ्कलन गरेर विज्ञापनदाता कम्पनीहरूलाई बेच्ने गर्छन् । अनलाइन शपिङको कारोबारसँग सम्बन्धित साइटहरू पनि यस्तो गर्ने गर्दछन् । त्यसैले, यिनीहरूसँग सावधान रहनुमा नै भलाइ छ ।

डाउनलोड गर्दा सतर्क रहनुहोस्

इन्टरनेटस“ग सम्बन्धित कुनै पनि यस्ता एप्लिकेशन जब तपाईं डाउनलोड गर्दै हुनुहुन्छ, जसमा डकुमेन्ट, तस्वीर, अडियो वा भिडियो आदि सेयर गर्न एक्सेस हुने गर्दछ । यस्ता एप्लिकेशनहरू डाउनलोड गर्नुभन्दा पहिला आफ्नाे जेन्युन एन्टिभाइरसद्वारा स्क्यान गर्नु जरुरी छ । साथै, जुन पायो त्यो सप्टवेयरहरू आफ्नाे कम्प्युटरमा डाउनलोड र इन्स्टल गर्ने पनि नगर्नुहोस् । त्यस्ता एप्लिकेशनहरू जसमा कुनै सिक्युरिटी सर्टिफिकेट छैन, त्यसले तपाईंको कम्प्युटरलाई हानी गर्नेबाहेक अरु काम गर्दैन ।

अरू केही महत्वपूर्ण कुराहरू

  • अाफ्नाे इन्टरनेट ब्राउजरमा popup block option active गरेर नचाहिने विज्ञापनहरू र सूचनाहरूमा नियन्त्रण पाउनुहोस् ।
  • कुनै राम्रो Antivirus को प्रयोग गर्नुहोस् र त्यसलाई नियमित Update गर्दै गर्नुहोस् ।
  • अाफ्नाे कम्प्युटरको महत्वपूर्ण डाटाहरूको ब्याकअप राख्ने बानी गर्नुहोस् (डाटाहरूलाई छुट्टै डिस्क वा सिडीमा save गर्दै गर्नुहोस्) ।
  • जब इन्टरनेटसम्बन्धी काम सकियो, तब इन्टरनेट connection लाई disconnect गर्न नभुल्नुहोस् ।
  • कुनै साइबर क्याफेमा नेट चलाइसकेर फकिंदै हुनुहुन्छ भने ब्राउजर history clear र टेम्परेरी इन्टरनेट फाइलहरूलाई डिलिट गर्न नभुल्नुहोस् ।