कीवर्डहरू -

टेस्लाले सार्वजनिक गर्याे ड्राइभिङ सफ्टवेयरको बेटा १०.२

टेस्लाले सार्वजनिक गर्याे ड्राइभिङ सफ्टवेयरको बेटा १०.२

टेस्लाले आफ्नो सेल्फ ड्राइभिङ सफ्टवेयरको बेटा १०.२ सार्वजनिक गरेको छ । कम्पनीले यस भन्दा पहिलेनै अपडेट सार्वजनिक गर्ने योजना बनाएको थियो तर अन्तिम समयमा देखिएको समस्याका कारण सफ्टवेयर अपडेटमा केही दिन ढिलो भएको कम्पनीले बताएको छ ।

कम्पनीका प्रमुख कार्यकरी अधिकृत एलन मस्कले प्राविधिक कारणले भएको ढिलाइप्रति क्षमाप्रार्थी रहेको पनि बताएका छन् । यो अपडेट सुरुमा टेस्लाले एक हजार टेस्ला गाडीमा उपलब्ध गराउने भएको छ । यो अपडेटलाई बेटा भर्सनमा टेस्लाले करिब एक वर्षदेखि परीक्षण गर्दै आएको थियो ।

टेस्ला चालकको सेफ्टी स्कोरको आधारमा कम्पनीले सेल्फ ड्राइभिङको नयाँ अपडेट उपलब्ध गराउँदै आएको छ । टेस्लामा भएको सेन्सरले लिएको तथ्यांक मूल्याकंन गरी दुर्घटना हुने जोखिमको आधारमा चालकले दुर्घटना गराउन सक्ने सम्भावित जोखिम आँकलन गर्ने गरिन्छ ।

कम्पनीले सोही मूल्याकंनको आधारमा शतप्रतिशत अंक प्राप्त गर्ने चालकले यस्तो अपडेट सुरुमा उपलब्ध गराउने गर्दछ । यस्ता सफ्टवेयर अपडेट लिने चालकहरुले सेल्फ ड्राइभिङ प्रणालीको कुनै गल्ती भएमा त्यसको भिडिओ अनलाइनमा शेयर नगर्न पाउने सम्झौतामा पनि हसताक्षर गरेको हुने गर्दछन् ।