कीवर्डहरू -

ब्लकचेन यति शक्तिशाली किन ?

ब्लकचेन यति शक्तिशाली किन ?

ब्लकचेननै  त्यो प्रबिधि हो, जसबाट बिटकोईन, इथेरिएम जस्ता क्रिप्टोकरेन्सिहरु बनाईएको छ । ब्लकचेन प्रबिधिको बहुआयमिक उपयोगिता रहेको छ, क्रिप्टोकरेन्सि त एउटा सानो पाटो मात्र हो । ब्लकचेन प्रबिधि प्रयोग गरेर धेरै क्षेत्रमा नयाँ एप्लिकेशन निर्माण भैरहेका छन् ।

ब्लकचेन प्रबिधि पुर्णरुपमा उपयोग हुन थाले पछि केन्द्रिकित कुराहरु सबै बिकेन्द्रिकित हुनेछन्, जस्तै पैसाको कन्ट्रोल केन्द्रिय बैंकले गर्न छोड्छ ( चाहेर पनि सक्दैन), यति सम्म हुन्छ कि सरकार वा देश चलाउन पनि २/३ जानाको हात वा सहभागिता नभएर सबै जनताको हातमा हुन्छ ।


मानौ तपाईले आफ्नु साथीलाई अनलाइनबाट एउटा फोटो पठाउनु भयो, यो प्रक्रियामा त्यो फोटोको कपी मात्र तपाईको साथिले प्राप्त गर्छ, ओरिजिनल फोटो तपाईकै कम्पुटरमा हुन्छ । डुबलिकेट फोटो भए पनि तपाईको साथि लाई खासै फरक पर्दैन , कम्प्युटरबाट जस्तो सुकै डाटा पनि यसै गरी एकबाट अर्कोमा सर्ने हो ।

तर अब फोटोको साटो पैसा पठाउनु पर्ने छ र तपाईले पैसा पठाउदा साथिलाई त्यसको कपि पठाउनु भयो र तपाई सग पनि ओरिजिनल पैसा छदैछ भने त्यो पैसा साथीले प्रयोग गर्न नै सक्दैन ।

अनलाईन बैकिङ सेवा मार्फत तपाईको खाताबाट माईनस गरेर साथिकोमा हाल्दिने काम गर्छन , जसलाई हामी इ-बैंकिंङ भन्छौ, यस मार्फत निश्चित सेवा शुल्क लिने गर्छन्, कल्पना गर्नुस् त बिचमा अरु कुनै बैंकबिना कसरी अनलाईन पैसा पठाउने ?

किन बेकारमा पेपालहरु लाई पैसा तिर्ने ? तपाईले पठाको पैसा साथिले पाउनुपर्यो , तपाईकोबाट त्यो पैसा हट्नु पर्यो, र साथीले त्यो आफ्नु तरिकाले पर्योग गर्न पाउनुपर्यो, त्यो पनि कुनै बिचौलिया बिना । यो सम्भब बनाउन सफल प्रविधि आफैमा कति शक्तिशाली होला कल्पना गर्नुस त ?