कीवर्डहरू -

एप्पलका डिभाइस सफा गर्न कम्पनीले सार्वजनिक गर्याे आफ्नै सफा गर्ने कपडा

एप्पलका डिभाइस सफा गर्न कम्पनीले सार्वजनिक गर्याे आफ्नै सफा गर्ने कपडा

हामी सबैले आफ्नो विद्युतिय  उपकरण सफा गर्नका निम्ति कुनै सफा रुमाल वा कपडाको प्रयोग गर्ने गर्दछौँ । डिभाइस सफा गर्नु एकदमै महत्व रहेको बुझेकाले एप्पलले पनि अब आफ्नै सफा गर्ने कपडा सार्वजनिक गरेको छ । अब भने एप्पलका डिभाइस सफा गर्न जुनसुकै कपडा वा कागज प्रयोग गर्नुपर्दैन ।

आफ्नो डिभाइसको ख्याल गर्दै कम्पनीले एप्पल डिभाइसकै लागि भनेर डिभाइस सफा गर्ने कपडा ल्याएको हो । सोमबार राति सम्पन्न लञ्च इभेन्टमा एप्पलले आफ्नो डिभाइस सफा गर्ने कपडा पनि सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार यो कपडाको मूल्य १९ अमेरिकी डलर अर्थात करिब २३ सय रुपैयाँको हाराहारी पर्नेछ । अहिलेका लागि विश्वबजारमा सार्वजनिक भएको यो कपडा नेपालमा पनि छिट्टै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो कपडा कुनै डिभाइसको खरिदमा भने निःशुल्क  पाउन सकिदैन् । यो छुट्टै खरिदका लागि बनाईएको हो । कपडामा एप्पलको लोगो अंकित गरिएको छ ।