दक्षिण कोरियाले आफ्नो रकेटलाई अर्बिटमा पु¥याउनबाट असफल भएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले रकेटले ७०० किलोमिटरको उचई लिन सफल भएता पनि आफ्नो गन्तव्य पुग्नमा पूर्ण रुपले सफल नभएको बताएका छन् ।
रकेटले सफलता पूर्वक तीन चरण पार गरेको थियो तर अर्बिट सम्म पुग्न भने सकेन । नुरी रकेटले दक्षिण कोरियाको नारो अन्तरिक्ष केन्द्रबाट बेलुकाको पाँच बजे १.५ टनको डम्मी राखेर लञ्च गरिएको थियो ।
राष्ट्रले यो प्रोजेक्टमा १.७ बिलियन अमेरिकी डलर खर्च गरेको थियो । यो प्रोजेक्टमा दक्षिण कोरियाको ३०० भन्दा बढि कम्पनीहरु सहभागी भएका थिए ।