कीवर्डहरू -

गुगल क्रोममा गम्भीर सुरक्षा कमजोरी, प्रयोगकर्तालाई सुरक्षित पार्न क्रोमले सार्वजनिक गर्याे अपडेट

गुगल क्रोममा गम्भीर सुरक्षा कमजोरी, प्रयोगकर्तालाई सुरक्षित पार्न क्रोमले सार्वजनिक गर्याे अपडेट

गुगल क्रोममा गम्भीर सुरक्षा कमजोरी भेटिएको छ । त्यसैको कारणले गर्दा कम्पनीले तत्काल अपडेट गर्न प्रयोगकर्ताहरुलाई आग्रह गरेको छ ।  गुगलले आफ्नो क्रोम ब्राउजरमा ५ वटा गम्भीर कमजोरी रहेको बताएको छ । कम्पनीले आफ्ना प्रयोगकर्तालाई सुरक्षित रहनलाई पनि आग्रह गरेको छ ।

क्रोमको डेस्कटप भर्सनका दुई अर्ब ६० करोड बढी प्रयोगकर्ता रहेका छन् र उनीहरुलाई साइबर आक्रमणबाट बच्न तत्काल ब्राउजर अपडेट गर्न कम्पनीले आग्रह गरेको हो । क्रोममा पाँचवटा निकै संवेदनशील सुरक्षा कमजोरीसँगै अन्य ११ कमजोरी पनि फेला परेका छन् ।

कम्पनीले यी सुरक्षा कमजोरीको समाधानका लागि क्रोम भर्सन ९५.०.४६३८.५४ उपलब्ध गराएको छ । यो कमजोरी एक बग बाउन्टी प्रोग्रामबाट स्वतन्त्र अनुसन्धानकर्मीले पत्ता लगाएका थिए ।

गुगल क्रोममा प्रयोगकर्ता सुरक्षित राख्न कम्पनीले नियमित अपडेट जारी गरिरहेको छ । अक्टोबर महिनामा मात्र गुगल क्रोममा तीन वटा नयाँ अपडेट जारी भएको छ ।