कीवर्डहरू -

यातायात व्यवस्था विभागलले गर्याे सवारीचालक अनुमति पत्र खुल्ला, दैनिक करिब पाँच हजार आवेदन मात्र संकलन गरिने

यातायात व्यवस्था विभागलले गर्याे सवारीचालक अनुमति पत्र खुल्ला, दैनिक करिब पाँच हजार आवेदन मात्र संकलन गरिने

यातायात व्यवस्था विभागले आज अर्थात मंगलबारदेखि नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागी अनलाइन आवेदन खुला गरेको छ । वैशाख १६ देखि रोकिएको अनलाइन आवेदन सोमबारदेखि खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालल आजदेखि पूर्णरुपमा अनलाइन आवेदन खुलेको बताए । यद्यपि आवेदनमा कोटा प्रणाली भने कायमै रहने विभागका प्रवक्ता लोकनाथ भुसालले बताएका छन् ।

देशभरबाट २१ कार्यालयको आ–आफ्नो क्षमता अनुसारको कोटा अन्तर्गत आवेदन संकलन गर्दा दिनमा करिब पाँच हजारमात्र आवेदन संकलन गरिने उनले बताए । उनका अनुसार सेवाग्राहीले यो साइटमा गएर नयाँ लाइसेन्सका लागी आवेदन दिन पाइनेछ ।