कीवर्डहरू -

त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालको परीक्षणको रिपोर्ट अब देखि अनलाइनमार्फत उपलब्ध

त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालको परीक्षणको रिपोर्ट अब देखि अनलाइनमार्फत उपलब्ध

काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालले प्रयोगशाला परीक्षणको रिपोर्ट अब देखि अनलाइनबाटै उपलब्ध गराउन थालेको छ । अब बिरामीले आफ्नो स्वास्थ्य परीक्षणको रिपोर्ट लिन अस्पतालमै पुग्न नपर्ने भएको छ र आफ्नो ल्याब रिपोर्ट मोबाइलमै हेर्न पाउने भएका छन् ।

त्रिवि शिक्षण अस्पतालका अनुसार परीक्षणको रिपोर्ट अनलाइनमार्फत पाउनका निम्ति बिरामीले ल्याब परीक्षण शुल्क बुझाएको बिलमा  भएको लिंक खोल्नुपर्छ । बिलमा भएको युजर नेम र पासवर्ड राखेर लगइन गर्दा आफ्नो रिपोर्ट आउने गर्दछ ।

त्यसपछि खोलिएको पेजको माथिल्लो भागको बायाँतर्फ सेलेक्ट स्याम्पल नम्बर अप्सनमा क्लिक गरेर बिलको मिति टाइप गर्नुपर्छ । यति गरेपछि आफ्नो स्वास्थ्य रिपोर्ट मोबाइलमै हेर्न सकिन्छ ।

यस्तै वीर अस्पतालले अनलाइनमार्फत प्रयोगशाला परीक्षणको रिपोर्ट हेर्न बिरामीले ल्याब परीक्षणको क्रममा फोन नम्बर वा ईमेल आईडी टिपाउनुपर्ने जनाइएको छ । त्यसपछि सोही नम्बर वा इमेलमा रिपोर्टको लिंक उपलब्ध गराइने अस्पतालले जनाएको छ ।