कीवर्डहरू -

टेकशुप ग्लोबलसँग सहकार्य गरेर डिजिटल तालिम दिदै “डिजिटल साक्षरता अभियान”  

टेकशुप ग्लोबलसँग सहकार्य गरेर डिजिटल तालिम दिदै “डिजिटल साक्षरता अभियान”  

“डिजिटल साक्षरता अभियान”  ले टेकशुप ग्लोबलसँग सहकार्य गरेर डिजिटल साक्षरता सम्बन्धि बिभिन्न प्रशिक्षण कार्यक्रमहरु आयोजना गर्ने भएको छ । संस्थाले १३ कार्तिक २०७८ मा एनजीओहरुका लागि डिजिटल मिडिया मार्केटिंग तालिम दिने भएको छ ।

त्यस्तै ,४ मंसिर २०७८ मा निशुल्क वेबसाइट बनाउने तालिम पनि दिने भएको छ । माइक्रोसफ्ट र गुगलको सेवा बारे जानकारी मुलक कार्यक्रम साथै तालिम भने संस्थाले २५ मंसिर २०७८ मा दिने भएको छ ।

आगामी दिनमा पनि संस्थाले टेकशुप ग्लोबलसँग सहकार्य गरेर अन्य प्रबिधिमैत्री तालिम संचालन गर्न र गराउने जानकारी दिएको छ । तालिम सम्बन्धि बिस्तृत जानकारी www.bit.ly/tsnepal मा हेर्न सकिन्छ ।