कीवर्डहरू -

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई सोवा हेल्थकेयर सेन्टरमा १५ प्रतिशत सम्म छुट

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई सोवा हेल्थकेयर सेन्टरमा १५ प्रतिशत सम्म छुट

बैंक अफ काठमाण्डू लिमिटेड र सोवा हेल्थकेयर सेन्टर बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा क्यूआर कोर्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १५ प्रतिशत सम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् ग्राहकले सोवा हेल्थकेयर सेन्टरले प्रदान गर्ने ओपिडी बाहेका सम्पूर्ण स्वास्थ्य सम्बन्धि सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १५ प्रतिशत सम्म छुट पाउनेछन् ।

सोवा हेल्थकेयर सेन्टरले जावलाखेल, ललितपुरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।