कीवर्डहरू -

ईसेवा वालेटमा अब सिधै कतारबाट पैसा पठाउने सकिने  

ईसेवा वालेटमा अब सिधै कतारबाट पैसा पठाउने सकिने  

ईसेवा मनी ट्रान्सफरले कतारको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गरेको छ । अबदेखि कतारमा रहेका नेपालीले अलदार एक्सचेन्जमार्फत ईसेवा मनी ट्रान्सफरसँग आवद्ध नेपालका जुनसुकै बैंक खातामा र ईसेवा वालेटमा सहजै पैसा पठाउन सकिनेछ ।

यस सम्झौतासँगै कतारमा रहेका नेपालीले अलदार एक्सचेन्जको कतारमा रहेका २१ शाखामा गई ईसेवा मनी ट्रान्सफरमार्फत सरल र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन सकिनेछ । यसैगरी अलदार एक्सचेन्जमार्फत पठाएको रकम ईसेवा मनी ट्रान्सफरको देशभर रहेका आठ हजारभन्दा बढी एजेन्ट सञ्जालबाट पनि सहजै भुक्तानी लिन सकिनेछ ।

साथै, अलदार एक्सचेन्जको एपबाट पनि चाडैं ईसेवा मनी ट्रान्सफरको सेवा लिन सकिनेछ । उक्त सम्झौताबारे बोल्ने क्रममा ईसेवा मनी ट्रान्सफरका सीईओ अजेश कोइरालाले भने, ‘ईसेवा मनी ट्रान्सफर र अलदार एक्सचेन्जबीचको यस सम्झौताले कतारबाट नेपाल रेमिट्यान्स् भुक्तानी सेवालाई थप सहज बनाएको छ र कतारमा रहेका नेपाली कामदारलाई नेपालमा पैसा पठाउने एउटा प्रभावकारी माध्यम प्रदान गरेको छ ।’