कीवर्डहरू -

विन्डोज कम्प्युटर सम्वन्धी जान्नुपर्ने टिप्स\' र \'सर्टकट कि\'हरु

विन्डोज कम्प्युटर सम्वन्धी जान्नुपर्ने टिप्स\' र \'सर्टकट कि\'हरु

अहिलेको प्रविधिको युगमा प्राय मानिसले कम्प्युटरको प्रयोग गर्छन । छिटो, सजिलो र राम्रोसँग काम गर्न केहि टिप्स र सर्टकट कि को बारेमा जानकारी राख्नु राम्रो हुन्छ । कम्प्युटर चलाउन अझै सहज बनाउनको लागि विन्डोज अपरेटिङ सिस्टममा काम लाग्ने केही तरिका यहाँ प्रस्तुत गर्दै छौ ।

सामान्य तरिकाहरु

१. कुनै पनि ब्राउजर प्रयोग गरिरहदा कुनै ट्याब हट्यो तर त्यो ट्याब Ctrl + Shift + T क्लिक गरेपछि विन्डोजमा फेरी खोल्न सकिन्छ ।

२. कुनै पनि फाइललाई प्रासवर्ड द्वारा सुरक्षित गर्नको लागि हामीले सेभेन जीप तथा बिन आरएआर सफ्टवेयर प्रयोग गर्न सक्छौ ।

३. कुनै पनि फाइल तथा टाइपिङ गर्दा गल्तीले डिलेट भयो भने Ctrl + Z क्लिक गरेर फिर्ता ल्याउन सकिन्छ ।

४. युट्युव प्रयोग गरिरहदा प् किवोर्ड भिडियोलाई रोक्नु पर्यो भने प्रयोग गर्न सकिन्छ भने ] J/l किवोर्डको सहयोगबाट भिडियोलाई अगाडी पछाडी लान सकिन्छ । त्यसै गरी : किवोर्ड थिचेर भिडियो आवाज आउन नसक्ने बनाउन सकिन्छ ।

५. कम्प्युटर स्क्रिनलाई स्क्रीनसट गर्नु पर्यो भने विन्डोजमा Win + Print Screen क्लिक गरेर वा स्निपिङ टुल सफ्टवेयर विन्डोजमा प्रयोग गरेर स्क्रीनसट लिन सकिन्छ ।

६. win + X क्लिक गरेर पावर मेनुमा जान सक्नुहुन्छ । जसबाट कम्प्युटर सटडाउन तथा अन्य धेरै काम गर्न सकिन्छ ।

७. win + Shift + Esc व्याकग्राउण्डमा कुन कुन सफ्टवेयर प्रयोग भइरहेका छन भनेर थाहा पाउन सकिन्छ ।

टाइपिङको लागि टिप्स

१. कुनै पनि कपि गरेको चिजलाई Ctrl + V क्लिक गरेर पेस्ट गर्न सकिन्छ ।

२. Ctrl + Backspace क्लिक गर्दा कर्सर भन्दा पछाडीको एउटा वाक्य डिलिट हुन्छ ।

३. Ctrl + Left Arrow कि क्लिक गर्दा कर्सर भन्दा एक स्पेस पछाडी आउछ ।

४. win + = किवोर्ड प्रयोग गर्दा हामीले इमोजी देख्न सक्छौ ।

५. टेक्स्टलाई ठुलो बनाउनको लागि Ctrl + = यूज गर्न सकिन्छ ।

किवर्ड ट्रिक्स
१. टास्क म्यानेजर खोल्नको लागि - Ctrl + Shoft + Esc

२. कुनै पनि ब्राउजरमा ट्याबको अगाडी पछाडी जान - Ctrl + Tab

३. भर्खर खोलेको विन्डोज खोल्न - Alt+ Tab

४. आफुले चाहेको सफ्टवेयरमा सटकट कि राख्नको लागि राख्न चाहेको सफ्टवेयरमा राइट क्लिक  गर्नुहोस राइट क्लिक गेरेपछी प्रपटिजमा जानुहोस त्यसपछी सटकटमा जानुहोस र सर्टकट कि राख्नुहोस ।

५. कुनै पनि खोलिरहेको प्रोग्राम लाई बन्द गर्न –  Alt + F4

वेब ब्राउजिङ ट्रिक्स

कुनै पनि ब्राउजरमा वेबसाइटको नाम मात्रै टाइप गरेपछि अगाडीको डब्लु डब्लु डब्लु डट तथा पछाडीको एक्सटेन्सनCtrl + enter    क्लिक गर्दा आफै हानिदिन्छ ।

ब्राउजरमा पढिरहेको कुनै पनि कुरालाई पछाडी तिर स्क्रोल गर्न – Shift + Space
क्रोम ब्राउजरमा इनएक्टिभ विन्डो वा प्राइभेट ब्राउजर खोल्न – Ctrl + Shift + N

फाइल म्यानेजमेन्ट ट्रिक्स

कुनै पनि फाइल नामलाई सम्पादन गर्नको लागि फाइल सेलेक्ट गरेर F2 क्लिक गर्ने

कुनै पनि फाइललाई गुगल ड्राइभ, ड्रपबक्स तथा अन्य क्लाउड स्टोरेजमा राख्न सकिन्छ ।

कुनै पनि फाइल वा टेक्स्टलाई एकैपटक सेलेक्ट गर्न – Ctrl + A

सिगंल फाइल सेलेक्ट गर्न – Ctrl + Down Arrow

सुरक्षा टिप्स

कम्प्युटरको सिस्टमलाई लक गर्न –  Win + L

कुनै फाइलमाथि शंका लाग्यो भने भाइरस टोटल डटकममा फाइल राखेर स्क्यान गर्न सकिन्छ ।

कुनै पनी डाटा कम्प्युटरबाट डिलेट भयो भने ति डिलेट भएका डाटालाई विभिन्न सफ्टवेयर प्रयोग गरेर फिर्ता ल्याउन सक्छौ । जस्तैः रिकुभा

दुई साइडमा विन्डोज कसरी प्रयोग गर्ने

दुवै साइडमा विन्डोज प्रयोग गर्नको लागि कम्प्युटरको किवोर्डमा गएर Win + Right or Left Arrow कि प्रयोग गर्नुहोस ।