कीवर्डहरू -

साओमीले सार्वजनिक गर्दै पहिलो चोटि स्न्यापड्रागन ८९८ प्रयोग गरिएको स्मार्टफोन

साओमीले सार्वजनिक गर्दै पहिलो चोटि स्न्यापड्रागन ८९८ प्रयोग गरिएको स्मार्टफोन

चिनियाँ स्मार्टफोन निर्माता साओमीले ‘साओमी १२’ सार्वजनिक गरेर क्वालकम स्न्यापड्रागन ८९८ प्रयोग गर्ने पहिलो स्मार्टफोन बन्ने भएको छ । यो तथ्यको खुलासा डिजिटल च्याट स्टेशनद्वारा । क्वालकमको फ्ल्यागशिप प्रोसेसरको रुपमा अर्को महिना स्न्यापड्रागन ८९८ सार्वजनिक हुने अनुमान छ ।

सकलन गरिएको खबरअनुसार यो चिपले पूर्ववर्ति स्न्यापड्रागन ८८८ भन्दा १५ प्रतिशत र ८८८ प्लस भन्दा ५ प्रतिशत उच्च प्रदर्शन दिने गर्दछ । क्वालकमले प्राय फ्ल्यागशिप चिप हरेक वर्षको डिसेम्बर महिनामा सार्वजनिक गर्ने गरेको छ ।

त्यही कारणले यो पालिको नयाँ उत्पादन पनि डिसेम्बरको पहिलो हप्तातिर सार्वजनिक हुनसक्ने अनुमान गरिएको छ । क्वालकमको नयाँ प्रोसेसरको जीपीयू उल्लेख्य रुपमा परिष्कृत भएर आउने समेत बताइएको छ ।