कीवर्डहरू -

स्न्यापड्रागन ८६० प्रयोग गरिएको साओमी प्याड फाइभ नेपाली बजारमा सार्वजनिक

स्न्यापड्रागन ८६० प्रयोग गरिएको साओमी प्याड फाइभ नेपाली बजारमा सार्वजनिक

नेपाली बजारमा साओमी प्याड फाइभ सार्वजनिक भएको छ । यो प्याड ११ इन्चको डब्लूक्यूएचडी प्लस १२० हर्जका साथमा सार्वजनिक भएको छ । फोनमा आकर्षक स्टेरियो स्पिकर पनि राखिएको छ ।

८७२० एमएएच उच्च क्षमताको ब्याट्री राखिएको साओमी प्याड फाइभ चाँडै साओमीका आधिकारिक स्टोरबाट खरिद गर्न सकिनेछ । फोनमा ७ एनएम क्वालकम स्न्याप ड्रागन ८६० चिपसेट प्रयोग गरिएको छ ।

प्याड फाइभमा एफ/२.० रहेको १३ मेगापिक्सेलको मेन क्यामेरा र एफ/२.० रहेको ८ मेगापिक्सेलकव फ्रन्ट क्यामेरा उपलब्ध रहेको छ । यसमा प्रयोगकर्ताले स्टाइलस सपोर्टको सुविधा समेत पाउन सक्नेछन् ।

दुई ओटा भेरियन्टमा आएको साओमी प्याड फाइभको मूल्य ६ जीबी ¥याम तथा १२८ जीबी भेरियन्टको ४४ हजार ९९९ रुपैयाँ र ६ जीबी ¥याम तथा २५६ जीबी भेरियन्टको ४९ हजार ९९९ रुपैयाँ राखिएको छ । जुन पर्ल ह्वाइट र कस्मिक ग्रे गरी दुई ओटा कलर अप्सनमा पाउन सकिनेछ ।