कीवर्डहरू -

एप्पलले गर्याे विद्युतीय कार निर्माण गर्ने तयारी, टेस्लाका पूर्व कर्मचारीलाई गर्याे नियुक्त

एप्पलले गर्याे विद्युतीय कार निर्माण गर्ने तयारी, टेस्लाका पूर्व कर्मचारीलाई गर्याे नियुक्त

एप्पल विद्युतीय कार निर्माणको तयारीमा लागेको पाईएको छ । अहिलेसम्म विद्युतीय कार निर्माण गर्ने आफ्नो योजनाबारे एप्पलले धेरै जानकारी भने सार्वजनिक गरेको छैन । तर, भर्खरै मात्रै कम्पनीले टेस्लाका पूर्व कर्मचारीलाई आफ्नो विद्युतीय कार निर्माण परियोजनामा काम गर्नको लागि नियुक्त गरेको छ ।

यसलेनै एप्लले अटोप्रविधिमा काम गर्न चाहिरहेको भनेर अनुमान लगाउन सकिन्छ । टेस्लामा अटो पाइलट सफ्टवेयर परियोजनाका निर्देशक रहिसकेका क्रिस्टोफर सिजे मोरलाई एप्पलले भर्ना गरेको हो ।

उनले एप्पल परियोजनामा काम गरिरहेका स्टर्ट बोवेर्स मातहतमा रहेर काम गर्ने छन् । बोवेर्स पनि टेस्लाका पूर्व इन्जिनियरनै हुन् ।  एप्पलले विद्युतीय कार निर्माणको लागि अन्य कार निर्माता कम्पनीहरूसँग पनि छलफल अघि बढाइरहेको छ ।