अब मोबाइल एपबाटै सिभिल अस्पतालमा अनलाइन अपोइन्टमेन्ट लिन सकिने भएको छ । चिकित्सकसँग परामर्श लिन मिदास टेक्नोलोजीजले एपबाटै अपोइन्टमेन्ट लिन सकिने व्यवस्था मिलाएको हो ।
अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा गरिएको टेक्नोलोजिजको दावी छ । यसले ग्राहकको समय बचत र सेवालाऐ पनि सहज बनाउने अपेक्षा गरिएको छ ।
बिरामीले एपबाट अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्ने छन् । सूचना प्रविधि कम्पनी मिदासले दुई दशकदेखि अस्पतालका सेवालाई प्रविधिमैत्री बनाउने काम गरिरहेको छ ।