कीवर्डहरू -

चिप अभावका कारण समस्यामा टेस्ला, यूएसबी पोर्ट बिना नै विद्युतीय गाडी विक्री गर्दै

चिप अभावका कारण समस्यामा टेस्ला, यूएसबी पोर्ट बिना नै विद्युतीय गाडी विक्री गर्दै

चिप अभावका कारण टेस्लाले यूएसबी पोर्ट बिनानै विद्युतीय गाडी विक्री गरिरहेको जनाइएको छ । विश्वमा अहिले चिप अभाव हुँदा नयाँ उपकरणको विकासमा एकदमै बाधा पुग्दै आएको छ । जसको असर टेस्लामा पनि देखिएको हो ।

कोरोना महामारी बढेसँगै चिपको अभाव बढिरहेको छ, जसले गर्दा धेरै प्राविधिक कम्पनीहरुलाई समस्या पारिरहेको छ ।

चिप निर्माता कम्पनीले आफ्नो पूर्ण क्षमतामा चिप उत्पादन गर्दा पनि बजारको मागलाई धान्न सकिरहेका छैनन् । यही कारणले केही कम्पनीले चिप उत्पादन गर्न नयाँ प्लान्टसमेत निर्माण गरिरहेका छन् । यही चिप अभावको मारमा टेस्लाल पनि परेको छ ।

ईलेक्ट्रेकका अनुसार धेरै जना मोडेल थ्री र मोडेल वाई खरिदकर्ताहरुले यूएसबी पोर्ट नभएको विद्युतीय गाडी पाईरहेका छन् । केही स्रोतले टेस्लाले डिसेम्बरमा यूएसबी पोर्ट जोडिदिने पनि खबर पाएका छन् ।

बिएमडब्लुले पनि हालैमा टच स्क्रीन बिनानै गाडीको विक्री गर्न थालेको थियो । यूएसबी पोर्टको अभावले गर्दा गाडी चालकहरुले वायलरलेस चार्ज गर्ने सुविधा नपाउने देखिन्छ ।