कीवर्डहरू -

एक महिनामा क्युआरबाट ६ अर्ब र वालेटबाट १५ अर्बको कारोबार

एक महिनामा क्युआरबाट ६ अर्ब र वालेटबाट १५ अर्बको कारोबार

एक महिनामा क्युआर कोडबाट ६ अर्ब भन्दा बढी रूपैयाँको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार असोज महिनामा क्युआर कोडबाट हुने भुक्तानी ६ अर्ब ९ करोड ६० लाख पुगेको हो ।

भदौमा क्युआरबाट ५ अर्ब ८५ करोड रूपैयाँ कारोबार भएको थियो । पछिल्लो समय क्युआर कोड स्क्यान गरी हुने कारोबारमा वृद्धि हुँदै गएको छ । साथै नेपाल राष्ट्र बैंकले पनि क्युआर कोडलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

त्यस्तै तथ्यांक अनुसार असोजमा वालेटबाट १५ अर्ब १८ करोड ७० लाख रुपैयाँ कारोबार भएको छ । भदौ महिनामा यस्तो रकम १४ अर्ब ४२ करोड ७० लाख रुपैयाँ थियो ।