कीवर्डहरू -

ब्रेभ ब्राउजरमा अब बिल्ट इन क्रिप्टो वालेट

ब्रेभ ब्राउजरमा अब बिल्ट इन क्रिप्टो वालेट

ब्रेभ ब्राउजरमा अब बिल्ट इन क्रिप्टो वालेट उपलब्ध भएको छ । जस कारण प्रयोगकर्ताहरुले ब्राउजरमा एक्सटेन्सन थप्नु नपर्ने भएको छ । यसले कुनै पनि क्रिप्टोकरेनशी खरिद, विक्री र स्वाप गर्न दिन्छ ।

यो वलेटमा केही सुरक्षा कमजोरीहरु हुन सक्ने ब्रेभ ब्राउजरले बताएको छ । यो आत्म हिरासत वालेट हो । यसलाई प्रयोग गरेर क्रिप्टो मार्केट डेटालाई ट्रयाक गर्न सकिन्छ । यसले ईभिएम चल्ने ब्लकचेन सपोर्ट गर्ने गर्दछ ।

यो वालेट ब्रेभ ब्राउजरको सेटिङ्ग पेज मार्फत पाउन सकिन्छ । बिल्ट इन क्रिप्टो वालेट ब्रेभ १.३२ भर्सनमा उपलब्ध रहेको छ ।