कीवर्डहरू -

विद्यार्थीलाई उपयोगी ४ एप (भिडिओ)

विद्यार्थीलाई उपयोगी ४ एप (भिडिओ)

अहिलेको डिजिटल युगमा बालबलिकाहरुलाई धेरै प्राविधिक टूलहरु चाहिने गर्दछ । कक्षामा प्रोजेक्ट गर्ने देखि लिएर आफ्नो दैनिक क्रियाकलापका लागि विभिन्न एपहरुको आवश्यकता पर्छ ।

प्राविधिक टुलहरूले विद्यार्थीहरूलाई सजिलो र सहज पनि बनाउने गर्दछन् । आज हामी तपाईलाई विद्यार्थीहरुलाई सहयोग पुर्याउने यस्तै चार ओटा एपहरुको बारेमा जानकारी दिदैछौं ।

गूगल डक्स

गूगल, हामी सबैले चिनेको एक प्रसिद्ध कम्पनी हो । गूगलले गूगल डक्स एप मार्फत गूगल स्लाईड्स, गूगल डक्स, सिट्स, ड्राइभ, लेन्स जस्ता क्लाउडमा आधारिते सर्भिस निःशुल्क रुपमा प्रदान गरेको छ ।

गूगल डक्समा टेक्स्ट फाइलहरु बनाउन, डकुमेन्ट तयार गर्न, स्लाईड्समा आफ्नो विचारहरुलाई प्रस्तुत गर्न वा सिट्समा स्प्रेडशिटहरु इडिट गर्न, ड्राइभ सेयर र अपलोड सजिलै गर्न सकिन्छ ।

यो सबै गूगलको फिचर प्रयोग गर्नका लागि एउटा जिमेल अकाउन्ट भएमा पुग्ने गर्दछ । यो एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् भने आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

क्यानभा

क्यानभा एउटा निःशुल्क रुपमा चल्ने ग्राफिक डिजाईन प्लेटफर्म हो, जहाँ तपाईंले टेम्पलेटहरु प्रयोग गरेर व्यवसायिक कार्ड ,स्लाईड्स , पोस्टर र ग्राफिक डिजाईन बनाउन सकिन्छ ।

क्यानभाको प्रमुख फिचर भनेको ड्रयाग एण्ड ड्रप हो जहाँ तपाईंले आफ्नो हिसाबले आफुलाई मन् परेको टेम्पलेट र कन्टेन्ट बनाउन सक्नुहुनेछ ।

यो एपमा फोटो पनि एडिट गर्न मिल्छ । अचम्मको कुरा त के  छ भने यो सब तपाईंले बिना कुनै एडिटिङ स्कील सजिलै गर्न सक्नु हुनेछ ।

यो एक प्रकारको फोटोशपको साधारण भर्सन जस्तै हो, जुन एडभान्सड एडिटिङ शिप बिनानै प्रयोग गर्न सकिन्छ ।  यो एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् भने आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

नोशन

नोशन एक प्रोडक्टीभिटी एप हो । यस एपमा तपाईंले नोट्स, डेटाबेस, क्यानब्यान बोर्ड्स, क्यालेन्डर र रिमाइन्डर जस्ता फिचरहरुलाई कनेक्ट गर्न सकिन्छ ।

साथै यसबाट नोट लिन, डेटा म्यानेज गर्न, प्रोजेक्ट म्यानेजमेन्ट जस्ता सिस्टम बनाउन सकिन्छ । एक हिसाबले प्रोडक्टीभिटी सम्बन्धि सम्पूणर्ण कामहरुको ‘अल इन वान’ सोलुसन हो ।

नोशनको युजर ईन्टरफेस पनि सहज र सहज छ तथा तपाईंले आफूखुशी परिवर्तन पनि गर्न सक्नु हुनेछ । भिडियो र इमेज अपलोड  गर्ने तथा अनलाईन कन्टेन्टहरुलाई नोशनको पेजमा ईम्बेड गर्न सकिन्छ । यो एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् भने आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

एन्की मोबाइल फ्ल्यासकार्ड

यदी तपाईंलाई आफुले पढेको कुरा याद राख्न र सम्झिन अप्ठयारो भईरहेको छ भने एन्की एपले तपाईंलाई एकदमै मद्दत गर्न सक्छ ।

एन्की नयाँ स्टाईलको शिक्षण एप  हो, जहाँ तपाईंले फ्ल्यास कार्डहरु बनाएर आफुले पढ्न चाहेको विषयहरुलाई सजिलै सम्झिन र याद राख्न सक्नुहुनेछ ।

कुनै पनि विषयलाई एक चोटि मात्रै पढेर हुँदैन । समय समयमा त्यसलाई पूर्ण अवलोकन नि गर्नु पर्छ । यो एपमा तपाईले आफै फ्लयास कार्डसहरु आँफैले बनाउन सक्नु हुन्छ अथवा त्यही एपमै भएको प्रि मेड कार्डसहरु पनि प्रयोग गर्न सक्नु हुन्छ ।

यो एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् भने आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

भिडियो पनि हेर्नुहोस्