कीवर्डहरू -

खल्तीबाट ज्योति लाइफ इन्स्योरेन्सको वैदेशिक रोजगार म्यादी जीवन बीमाको शुल्क तिर्न सकिने

खल्तीबाट ज्योति लाइफ इन्स्योरेन्सको वैदेशिक रोजगार म्यादी जीवन बीमाको शुल्क तिर्न सकिने

ज्योति लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार म्यादी जीवन बीमालाई थप प्रविधिमैत्री बनाएको छ । कम्पनीले वैदेशिक रोजगारी जानुअघि गरिने म्यादी जीवन बीमा वापतको बीमाशुल्क बुझाउने सुविधा गत वर्षदेखि दिँदै आएको छ ।

सो सुविधालाई थप विस्तार गर्दै म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने नेपालीहरूले गर्नुपर्ने म्यादी जीवन बीमाको बीमा शुल्क भुक्तानी अब खल्ती डिजिटल वालेट एपबाट गर्न सकिने बनाइएको इन्स्योरेन्सले जानकारी दिएको छ ।

यस सेवामार्फत सेवाग्राहीहरू काउन्टरमै गई बीमा शुल्क भुक्तानी गर्ने झन्झटबाट मुक्त हुने र वीमितहरूको समय पनि बचत हुने इन्स्योरेन्सको दाबी छ ।