कीवर्डहरू -

ए डिभिजन लिग आजबाट शुरू हुँदै, खेलको टिकट सजिलो पेबाट काट्न सकिने

ए डिभिजन लिग आजबाट शुरू हुँदै, खेलको टिकट सजिलो पेबाट काट्न सकिने

शुक्रबारबाट शहिद स्मारक ए डिभिजन लिग शुरू हुने भएको छ । आज अपरान्ह ४;४५ बजे दशरथ रंगशाला त्रिपुरेश्वमा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा गर्नेछन् ।

सातदोबाटोले पहिलो पटक लिग खेल्न लागेको हो । यसअघि बी डिभिजन लिगको उपाधि जितेको सातदोबाटो शीर्ष लिगमा बढुवा भएको थियो ।

खेलको टिकट अनलाइनबाटै खरिद गर्न सकिने छ । सजिलो पे मोबाइल एप डाउनलोड गरी शहिद स्मारक ए डिभिजन लिगको टिकट खरिद गर्न सकिने छ । सजिलो पे एन्ड्रोइड र आईओएस दुबैमा उपलब्ध छ ।

लिगको सम्पूर्ण तायरी पुरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । जम्मा ९१ खेल हुने लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

लिगको पहिलो दिन अर्थात आज एउटा खेल मात्रै हुनेछ । त्यसपछि भने हरेक दिन दुई खेलहरू हुनेछन् । लिग विजेताले ७५ लाख पुरस्कार पाउने छन् ।

यस्तै उपविजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख पुरस्कार पाउने छन् । हरेक खेलको विजेताले ५० हजार पाउने छन् । खेल बराबरीमा सकिए दुबै टोलीले २५-२५ हजार पाउने छन् ।