कीवर्डहरू -

आइसिटीको लिडर निजी क्षेत्र हो, सरकार होइनः सचिव अर्याल

आइसिटीको लिडर निजी क्षेत्र हो, सरकार होइनः सचिव अर्याल
फाइल फोटोः माइ डिजिटल नेपाल माइ इम्याजिनेसन कार्यक्रम बोल्दै सचिव अर्याल

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सविव डा. वैकुण्ठ अर्यालले आइसिटीको लिडर निजी क्षेत्र भएको बताएका छन् । शुक्रबार बिटुबी आइसिटी बिजनेश समिट २०२१ मा आफ्नो मन्तव्य राख्दै सचिव अर्यालले यस्तो बताएका हुन् ।

‘आइसिटीको लिडर निजी क्षेत्र हो । आइसिटीको क्षेत्रमा सरकार लिडर हुँदैन्,’ सचिव अर्यालले भने, ‘हामीले बाटो मात्रै बनाइदिने हो । त्यो बाटोमा गाडी कुदाउनेदेखि लिएर सबै काम गर्ने निजी क्षेत्रले हो ।’

निजी क्षेत्रका समस्यालाई सहजीकरण गर्न आफुहरू तयार भएको उनले बताए । आइसिटीले देशको अर्थतन्त्रलाई टेवा पुर्‍याउने उनको भनाइ छ ।

सरकार एक्सेस बढाउनका लागि काम गर्ने उनले बताए । उनले भने, ‘त्यसका लागि आधारभूत पूर्वाधार सरकारले बनाइदिन्छ ।’ त्यस्तै एफोर्डबिलिटी र रिलायबिलिटीमा समेत काम गर्न खोजेको उनले बताए ।

डिजिटल नेपालका लागि डिजिटल साक्षरता बढाउनु पर्ने अर्यालको भनाइ छ । ‘साक्षरताको पोटोमा हामीले थोरै सहयोग गर्छौं । यहाँहरू अगाडि लागिदिनु पर्छ’ उनी भन्छन् ।