कीवर्डहरू -

द भ्वाइस किड्स नेपालको भोटिङ पार्टनर खल्ती

द भ्वाइस किड्स नेपालको भोटिङ पार्टनर खल्ती

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती ‘द भ्वाइस किड्स नेपाल’ को भोटिङ पार्टनर बनेको छ । खल्ती कात्तिक २६ देख सुरु भएको भ्वाइस अफ किड्सको आधिकारिक भोटिङ पार्टनर बनेको हो ।

कार्यक्रममा प्रशिक्षक/निर्णायकको रूपमा गायक प्रमोद खरेल, राजु लामा, प्रविशा अधिकारी र मिलन नेवार छन् ।कार्यक्रमसँगको सहकार्यपछि ‘खल्ती’ का सह–संस्थापक अमित अग्रवालले पहिलो संस्करणको द भ्वाइस किड्स नेपालसँग साझेदारी गर्न पाउँदा उत्साहित भएको बताए ।

‘द भ्वाइस किड्स नेपाल’ लाई देशको सांस्कृतिक तथा सांगीतिक परिवेश झल्काउँदै नेपालको अथाह प्रतिभा देखाउन अवसर दिने एक उत्कृष्ट मञ्चको रुपमा अगाडि बढाउन सकिने उनको भनाइ छ । ‘द भ्वाइस’ अन्तर्राष्ट्रिय रियालिटी टिभी गायन प्रतियोगिताको एक फ्रान्चाईज कार्यक्रम हो ।

जुन नेपालमा सन् २०१८ मा ‘द भ्वाइस नेपाल’ नामक शो बाट सुरु भएको थियो । तीन सफल श्रृङ्खलाहरू लगत्तै ‘द भ्वाइस’ ले बालबालिकाहरूलाई केन्द्रित गरेर ‘द भ्वाइस किड्स नेपाल’ नामक नयाँ श्रृङ्खला सुरु गरेको हो ।