कीवर्डहरू -

नेपाल टेलिकमको इन्जिनियरिङ लोकसेवा तयारी कक्षा शुरू गर्दै पढाओ एकेडेमी

नेपाल टेलिकमको इन्जिनियरिङ लोकसेवा तयारी कक्षा शुरू गर्दै पढाओ एकेडेमी

इन्जिनियरिङको लोकसेवा तयारी गराउने संस्था पढाओ एकेडेमीले मंसिर १२ गतेदेखि नेपाल टेलिकमको इन्जिनियरिङ लोकसेवा कक्षा शुरू गर्ने भएको छ ।

टेलिकमले मंसिर ३ गतेमात्रै विभिन्न पदमा २७० जना नयाँ कर्मचारी माग गरेको थियो । जस अनुसार पढाओले मंसिर १२ गतेदेखि इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन्स इन्जनिनियर, कम्प्युटर इन्जिनियर, इलेक्ट्रीकल इन्जिनियर र सिभिल इन्जिनियरको लोकसेवा तयारी कक्षा शुरू गर्ने भएको हो ।

पढोखा अनुसार सम्बन्धित क्षेत्रका विज्ञ, अनुभवी र दक्ष प्रशिक्षकबाट तयारी कक्षा सञ्चालन गरिनेछ । तयारी कक्षा जूमबाट सञ्चालन हुनेछ ।

रेकर्डिङको उपलब्धता, भाइभरमा छलफल्, साप्ताहिक पाठ्यक्रम अनुसारको नमुना परिक्षा, कक्षा सामग्री, दैनिक अभ्यास पेपर, कक्षा नोट पीडीएफमा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

सहभागीलाई यस क्षेत्रका दिग्गज व्यक्तित्वहरु बाट प्रेरणा कक्षा समेत प्रदान गरिने जनाइएको छ । टेलिकम लोकसेवाको पहिलो पेपरको तयारी शुल्क ६ हजार तोकिएको छ भने दुबै पेपरको तयारी शुल्क १० हजार तोकिएको छ ।

यदी तपाई पनि पढाओबाट टेलिकमको इन्जिनियरिङ लोकसेवा तयारी गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गरि फारम भर्न सक्नुहुनेछ ।