कीवर्डहरू -

सन् २०२२ मा सार्वजनिक हुँदै एप्पलको डिजिटल आईडी कार्ड, क्रेडिट वा डेबिटकार्ड जस्तै काम गर्ने

सन् २०२२ मा सार्वजनिक हुँदै एप्पलको डिजिटल आईडी कार्ड, क्रेडिट वा डेबिटकार्ड जस्तै काम गर्ने

एप्पलले सन् २०२२ मा डिजिटल आईडी कार्ड सार्वजनिक गर्ने भएको छ । यो फिचर पहिले सन् २०२१ मा आउने भनिएको थियो तर केही समसयाका कारण अब यो सन् २०२२ को सुरुवतमा सार्वजनिक हुने भएको छ ।

यो डिजिटल आईडी कार्डमा ड्राइभिङ लाइसेन्स वा स्टेट आईडी कार्ड थप्न सकिनेछ । यसले क्रेडिट वा डेबिटकार्ड जस्तै काम गर्न सक्नेछ । सुरुमा यो आईडी अमेरिकाको एयरपोर्टहरुमा चल्नेछ र त्यसपछि विस्तारै अर ठाउँहरुमा पनि प्रयोग गरिने जनाइएको छ ।

एयरपोर्टहरुमा आईफोन वा एप्पल वाच नदिएरै एप्पल डिजिटल आईडी कार्डको सहयोगले आईडेन्टीटी रिडरमा ट्याप गरेर डिभाइस रीड पनि गर्न सकिन्छ ।