कीवर्डहरू -

सामसङ विन्टर स्किम योजनाको तेस्रो लक्की ड्र सम्पन्न, २१ जना बने विजेता

सामसङ विन्टर स्किम योजनाको तेस्रो लक्की ड्र सम्पन्न, २१ जना बने विजेता

सामसुङ मोबाइलको विन्टर स्किमको तेस्रो लक्की ड्र सम्पन्न भएको छ । बुधबार राजधानीमा सम्पन्न लक्की ड्र मार्फत २१ भाग्यशाली ग्राहक छानिएका छन् ।

विजेता ग्राहकहरूले जनही ५ ग्रामको सुन हात पारेका छन् ।  सामसुङले ग्राहकहरूलाई लक्षित गरेर नोभेम्बर १ तारिखदेखि ३० तारिखसम्म एक उपहार योजना सञ्चालन गरिरहेको छ । जुन उपहार योजना अन्तर्गत प्रत्येक दिन ३ जना ग्राहकले ५ ग्राम सुनको सिक्का उपहार प्राप्त गर्नेछन् ।

उपहार योजनामा सहभागी हुनका लागि उक्त अवधिमा सामसङ मोबाइल वा ट्याब खरिद गर्नु हुने ग्राहकहरूले एसएमएस नम्बर ३१००३ मा आफ्नो मोबाइल वा ट्याबको सिरियल नम्बर पठाउनु पर्ने व्यवस्था गरिएको छ ।