कीवर्डहरू -

४ महिनामा २२ करोड बढीका स्मार्टवाच नेपाल भित्रिए

४ महिनामा २२ करोड बढीका स्मार्टवाच नेपाल भित्रिए

४ महिनामा २२ करोड बढीका स्मार्टवाच नेपालमा आयात भएका छन् । गत साउन देखि कार्तिकसम्म २२ करोड ९ लाख ११ हजार बराबरका स्मार्टवाच नेपाल भित्रिएका हुन् ।

भन्सार विभागकाको तथ्यांकमा पछिल्लो ४ महिनामा २२ करोड ९ लाख ११ हजारका १ लाख ८८ हजार ६३८ थान स्मार्टवाच आयात भएको उल्लेख गरिएको छ ।

गत वर्षको सोही अवधिको भन्दा यस वर्ष ह्वात्तै आयात बढेको छ । गत आर्थिक वर्ष २०७७/७८ को साउनदेखि कात्तिक सम्म ८ करोड ५६ लाख ७१ हजारका २७ हजार ८८२ थान स्मार्टवाच आयात भएका थिए ।