कीवर्डहरू -

सार्वजनिक सवारीसाधनमा जीपीएस डिभाइस जडान गर्दै सरकार, पहिलो चरणमा सय सवारीलाई निःशुल्क

सार्वजनिक सवारीसाधनमा जीपीएस डिभाइस जडान गर्दै सरकार, पहिलो चरणमा सय सवारीलाई निःशुल्क

सरकारले सार्वजनिक सवारीसाधनमा जीपीएस डिभाइस जडान गर्ने भएको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै पहिलो चरणमा १०० वटा यात्रु वाहक सार्वजनिक सवारीसाधनमा जीपीएस डिभाइस जडान गर्ने भएको हो ।

विभागले सार्वजनिक सवारीसाधनहरूको गति तथा रूट लगायतका विषयमा अनुगमन गर्ने उद्देश्यले जीपीएस सिस्टम विकास गरिसकेको छ । अब भने त्यसलाई कार्यान्यनको चरणमा लैजादै छ ।

पहिलो चरणमा पाइलट रूट्स काठमाडौं-जनकपुर, काठमाडौं विरगंज र काठमाडौं-पोखरामा चल्ने १०० वटा सार्वजनिक यात्रु वाहक सवारी साधनमा निःशुल्क जीपीएस डिभाइस जडान गरी सञ्चालनमा ल्याइ अध्ययन गर्न लागिएको विभागले जनाएको छ ।

उक्त रूटहरूमा सवारी सञ्चालन गरिरहेका इच्छुक यातायात व्यवसायी तथा सवारीधनीहरूलाई सवारी साधन दर्ता गराई सवारीमा निःशुल्क जीपीएस डिभाइस जडान गराउन विभागले आह्वान गरेको छ ।

विभागले फर्स्ट कम फर्स्ट प्रायोरिटी (पहिला आउनेलाई प्राथमिकता) का आधारमा र पेश गरेको कागजातका निःशुल्क जीपीएस सिस्टम जडान गर्नेछ ।

निःशुल्क जीपीएस जडानका लागि यातायात व्यवसाय प्रमाणपत्र, सवारी दर्ता प्रमाणपत्र, सवारी चालकको परिचयपत्र (नेपाली नागरिकताको प्रमाणपत्र) र सवारी चालक अनुमति पत्र पेश गर्नुपर्नेछ । कागजातसहित विभागको कार्यालय मिनभवन काठमाडौं, इमेल वा फोन नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

\"\"