कीवर्डहरू -

विश्वमै पहिलो चोटि एक टेराबाईट स्टोरेज र १८ जिबी र्याम भएको स्मार्टफोन सार्वजनिक गर्दै जेडटिई

विश्वमै पहिलो चोटि एक टेराबाईट स्टोरेज र १८ जिबी र्याम भएको स्मार्टफोन सार्वजनिक गर्दै जेडटिई

जेडटिई ले विश्वमै पहिलो चोटि एक टेराबाईट स्टोरेज र १८ जिबी र्याम भएको स्मार्टफोन सार्वजनिक गरेको छ । स्मार्टफोनको नाम जेडटिई एक्सन ३० अल्ट्रा रहेको छ । चिनियाँ अन्तरिक्षका सुपरहिरोहरुलाई सम्झिएर यो स्मार्टफोन निर्माण गरिएको हो ।

यस स्मार्टफोनमा भर्चुअल र्यामको पनि फिचर रहेको छ जसले गर्दा यसमा थप २ जिबी र्याम थपेर २० जिबी बनाउन सकिन्छ । यो फोनमा उपग्रहको आइकन भएको प्याकेजिङ हुनेछ । जेडटिई एक्सन ३० अल्ट्रामा स्नापड्रागन ८८८ चिपसेट प्रयोग गरिएको छ ।

यस डिभाईसमा पछाडि पटि क्वाड क्यामेरा रहेको छ जसमा तिन ओटामा ६४ एमपीको लेन्स प्रयोग गरिएको छ भने एउटा ८ एमपीको पेरिस्कोप टेलिफोटो सेन्सर रहेको छ ।

फोनमा ४६०० एमएएचको ब्याट्री रहेको छ । जेडटिई एक्सन ३० अल्ट्रामा ६५ वाटको फास्ट चार्जिङ पनि रहेको छ । यो फोन कालो र सेतो रगंमा उपलब्ध रहेको छ ।