कीवर्डहरू -

अब चीनमा टेस्लाले मोडेल वाईमा एएमडी राईजेन चिप प्रयोग गर्ने 

अब चीनमा टेस्लाले मोडेल वाईमा एएमडी राईजेन चिप प्रयोग गर्ने 

टेस्ला मोडेल वाईले चीनमा एएमडी राईजेन चिपको अपग्रेड प्राप्त गरेको छ । यसले गर्दा चीनमा रहेको टेस्ला मोडेल वाईले कम्प्युटिङ पावरमा धेरै गुणाले बुस्ट पाएको छ ।

ईलेक्ट्रेकको अनुसार टेस्लाले साधारणतया प्रयोग गरिने इन्टेल चिपको सट्टामा एएमडी राईजेन चिप प्रयोग गरेर निर्यात गरिरहेको छ ।

यो परिवतर्तन चीनमा मात्रै सिमीत रहन्छ की अरु क्षेत्रको टेस्लामा पनि परिवर्तन आउँछ भन्ने बारे कम्पनीले केही पनि बताएको छैन् ।

केही स्रोतले चिपको अभावको कारणले पनि चीनले उपलब्ध रहेको चिप प्रयोग गरेर गाडी निर्यात गरेको अनुमान लगाएका छन् । आगामी दिनमा टेस्लाले राईजेन चिपनै प्रयोग गर्न थाल्ने पनि अनुमान गर्न सकिन्छ ।