कीवर्डहरू -

नेपालमै मोबाइल उत्पादन गर्न व्यवसायीलाई अर्थमन्त्री जनार्दन शर्माको आग्रह

नेपालमै मोबाइल उत्पादन गर्न व्यवसायीलाई अर्थमन्त्री जनार्दन शर्माको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न व्यवसायीलाई आग्रह गरेका छन् । बुधबार नेपाल मोबाइल वितरक संघको महाधिवेसन उद्घाटन गर्दै अर्थमन्त्री शर्माले मोबाइल व्यवसायीलाई नेपालमै मोबाइल उत्पादन गर्न आग्रह गरेका हुन् ।

नेपालमै मोबाइल उत्पादनका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको समेत उनले बताए । उनले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गर्न समेत दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको बताए ।

त्यस्तै उक्त कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मिन प्रसाद अर्यालले मंसिर महिनाको अन्त्यबाट एमडीएमएस पूर्ण रूपमा सञ्चालनमा आउने बताए ।

सरकारले गत साउनदेखि नेपाल भित्रिने अवैध रूपमा मोबाइललाई रोक्न एमडीएमएस सञ्चालनमा ल्याएको थियो ।